काठमाडौं– सरकारले गम्भीर प्रकृतिका बिरामीलाई सुर्तीजन्य वस्तुबाट उठेको करबाट गुजारा भत्ता दिने निर्णय गरेको छ । मृगौला, क्यान्सर र
स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरिसकेको सरकारले सुर्तीजन्य पदार्थको करबाटै उक्त रकम व्यवस्था गर्ने भएको हो । सरकारले दिने भनेको गुजारा भत्ताको प्रक्रिया र कहिलेदेखि भत्ता पाइन्छ भन्ने पीडितले प्रश्न गरेका छन् । सरकारले गुजारा भत्ता प्रदान कहिलेबाट हो भन्ने जानकारी गराएको छैन ।
स्वास्थ्यमन्त्री दीपक बोहराले मृगौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले दिने भनिएको रकम सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ,’ औषधि व्यवसायी संघ वाग्मतीको साधारणसभालाई शनिबार
सम्बोधन गर्दै उनले भने, ‘त्यही कोषबाट बिरामीलाई जीविकोपार्जन भत्ता दिइन्छ ।’
नेपालमा करिब १८ हजार बिरामी मृगौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ । यो संख्या बर्सेनि वृद्घि हुँदै जाने आकलन छ । बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिँदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय
नीतिगत कुरा हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’
पीडित व्यक्ति तथा परिवारले बिरामीको औषधि उपचार, यातायात खर्च र जीविकोपार्जनका लागि सरकारले आर्थिक तथा भौतिक सहयोग गर्न लामो समयदेखि माग राख्दै आएका थिए । साभार कान्तिपुरः २०७४ पुस १६
‘सुर्तीजन्य पदार्थको करबाट गुजारा भत्ता दिन्छौं’
‘सुर्तीजन्य पदार्थको करबाट गुजारा भत्ता दिन्छौं’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

