काठमाडौं । टिजिङ फर्मा प्राइभेट लिमिटेडले नेपालमा पहिलो पटक क्यान्सर विरुद्धको औषधिको उत्पादन शुरु गरेको छ ।
३ साउनमा राजधानीमा एक संक्षिप्त कार्यक्रम गरीे आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ ।
सो अवसरमा टिजिङका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी भएको बताए । उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए ।
कम्पनीले दिएको जानकारी अनुसार टिजिङ फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ । काभ्रेको बनेपा १ नालामा १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग रहेको छ । त्यसमध्ये अहिले २० हजार स्वाएर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताए ।
वैद्यको अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिंगको उद्योग डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना उद्योग रहेको छ । ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन् ।’ वैद्यले भने ।
टिजिंगले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन्फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताए । उनले तत्कालै पाँचवटा औषधि आईहाल्ने र त्यसपछि अरु ल्याउने योजना रहेको समेत सुनाए ।
एन्टी क्यान्सर औषधिको मूल्य सन्दर्भमा गरिएको एक प्रश्नमा कार्यकारी निर्देशक बैद्यले टिजिंगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए । ‘हामीकहाँ भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गर्दछन । जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपाली जनमानसलाई सुलभ मूल्यमा उत्पादन गराउने छौं,’कार्यकारी निर्देशक बैद्यले बताए ।
जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।
गौरवको विषय ः विज्ञ
नेपालमा क्यान्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताए ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्सरको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताए । उनले अब क्यान्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिए ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन नेपालमा नै सुरु भएको बताए । यसले नेपालमा क्यान्सर रोगीका लागि धेरै फाइदा हुने जानकारी दिए ।
‘एन्टी क्यान्सर’ औषधि टिजिङ फर्माले उत्पादन सुरु गरेको हो । फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्सरसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिए । क्यान्सरविरुद्ध औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउँदै औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु भइसकेको बताए ।
उनले एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा ल्याइने बताए । उनले विश्व स्वास्थ्य सङ्गठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमअनुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी औषधि उत्पादन अघि बढाएको बताए ।
काभ्रेको नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग रहेको र हालसम्म ३२ करोड रुपियाँ लगानी भइसकेको जानकारी दिए । औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको जानकारी दिँदै थप १० वटा मोलिक्युलका लागि स्वीकृति लिन लागिएको बताए । तीमध्ये पाँचवटा फर्माकोपेल, अरू ननफर्माकोपेल छन् । यीमध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।
अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो कम्पनी विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड र औषधि उत्पादन संहिता २०७३ अनुरूप बनाइएको वैद्यले बताए । नेपालकै नमूना कम्पनी भएकोसमेत दाबी गरे । क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । उनले नवीनतम र अत्याधुनिक प्रविधि जडान भएको बताए ।

