२०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ ।
वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा सामेल एमालेको शासकीय संलग्नता राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘प्रतिगमन आधा सच्चिएको’ सरकारमा समेत थियो । मनमोहन अधिकारीको अल्पमतको एकलदेखि केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारसम्मको नेतृत्वसमेत एमालेले गरेको छ ।
यसबीचमा एमालेबाट चार जना प्रधानमन्त्री भइसकेका छन् ।अहिलेसम्म एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली गरी ४ जना प्रधानमन्त्री बनिसकेका छन् । एमाले १४ पटक सरकारमा गएको छ ।
यो बीचमा कांग्रेस १५ वर्ष ८ महिना नेतृत्वसहित २० वर्ष सरकारमा बसेको छ । मूलधारमा आएको १५ वर्ष मात्र भए पनि माओवादी १० वर्ष ५ महिना सरकारमा बसेको छ ।

