काठमाडौं । मुलुकका दुई ठूला अखबारले भ्रामक विज्ञापन छापेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
असार २९ गते कान्तिपुर र असार ३१ गते नयाँ पत्रिकाले प्रथम पृष्ठमा छापेको विज्ञापन भ्रामक भएको जनाइएको छ । राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शीला श्रेष्ठले प्रेस काउन्सिलमा पत्राचार गर्दै गलत विज्ञापन र समाचार प्रकाशनमा रोक लगाउन अनुरोध गरेकी छिन् ।

