काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारमा प्रचारित कोरोना गार्डबाट सर्तक रहन अपिल गरेको छ ।
कोरोना नियन्त्रण गर्ने र निष्प्रभावि बनाउने भन्दैमा विक्रिमा ल्याइएका विद्युतीय यन्त्रहरु खरिद नगर्न आग्रह गरिएको छ ।
‘विज्ञापन गरिएजस्तो यस्तो यन्त्रले कोभिड –१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ ।’ अपिलमा भनिएको छ , अहिलेसम्म कोभिड –१९ लाई यसरि नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’

