काठमाडौं । नुवाकोट जिल्लामा कोरोना भाइरसको ‘डेल्टा प्लस’ भेरिएन्ट देखिएको छ । जिल्ला अस्पताल त्रिशूलीले शुक्रबार विज्ञप्ति निकालेर ४ वटा पीसीआर नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएकोमा एउटामा कोरोना डेल्टा प्लस भेरिएन्ट देखिएको जनाएको छ ।
कोरोना डेल्टा भेरिएन्ट ६० देखि सतप्रतिशत बढी संक्रामक हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहलाई उच्च संक्रमण गर्ने र बढी फोक्सोलाई असर पार्ने विज्ञहरुको दाबी रहेको त्रिशूली अस्पतालले जनाएको छ ।

