काठमाडौं । घर बाहिर निस्कँदा मात्र होइन खाना खानेबेला तपाई कत्तिको सजग हुनुहुन्छ ? सजगता नअपनाउँदा भान्छाबाटै कोरोना संक्रमण हुन सक्छ ।
स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रोशनिलक्ष्मी तुईंतुईंका अनुसार, खानेबेला मास्क खोल्नु पर्ने हुन्छ । ‘एक ठाउँमा बसेर गफ गर्दै खाना खाने हुन्छ । यो सबैभन्दा बढी जोखिमपूर्ण व्यवहार हो । त्यसकारण यो व्यवहारलाई कम गर्नको लागि सकेसम्म खाना खाँदा छुटछुटै बस्नु पर्छ ।’ उनले भनिन, ‘यदि एक ठाउँमा बस्ने हो भने दुई मीटरको दुरी कायम गरिदिनु होला । फटाफट खाना खाएर फेरि मास्कको प्रयोग गर्नु होला ।’
खाना खाने बेला सकेसम्म धेरै लामो समयसम्म गफ नगर्न उनले अनुरोध गरिन् । ‘ अरुबेला सुरक्षित भएका छौं भन्ने महसुस भएको हुन्छ । खाना खाँदा आधा घण्टाको समय सबैभन्दा बढी जोखिम हो ।’ उनले भनिन ।
उनको थप सुझाव
अहिले सरकारले निशेधाज्ञा अलिकति खुकुलो गरेको छ । यसको अर्थ जोखिम घटेको होइन । जोखिम घटाउने जिम्मेवारी तपाईं हाम्रै हातमा छ ।
त्यसैले सरकारले जारी गरेको मापदण्ड पूर्णरुपमा पालना गर्नु आफ्नो लागि हो । अरुको स्वास्थ्यको लागि होइन । मेरो स्वास्थ्यको लागि हो भनेर पालना गर्नु पर्यो । मास्कको सहि प्रयोग गर्नु पर्छ । सहि भन्नाले तीन पत्र भएको नाक र मुख पूर्ण रुपमा छोपिने गरेर लगाउनु पर्छ । प्रयोग गरिसकेपछि पनि जहाँपायो त्यहिं नफालि बन्द प्लाष्टिकभित्र बाँधेर ७२ घण्टा राखे पछि मात्र अरु फोहोरसँग मिसाउनु पर्छ ।
दोस्रो, सर सफाई हो । यो हातको सरसफाईले कोरोना मात्र होइन अन्य धेरै रोगबाट पनि बचाउन सकिन्छ । फोहोर भए पछि मात्र आफूलाई कहिं छोएको छ वा संसर्गमा आएको छ भन्ने थाहा पाउने बित्तिकै साबुन पानीले हात धुने अथवा सेनिटाइजरको उपयोग गर्नु पर्छ ।
मान्छदेखि मान्छेको भौतिक दुरी न्युनतम दुई मीटर कायम गर्नु पर्छ । यसको अर्थ भीडभाडमा नजाने हो । अरु व्यक्ति वा चिनजान मात्र भएर पनि हुँदैन । चिनजान भएको व्यक्तिमा पनि कोभिड छ, छैन थाहा हुँदैन । यो कायम गर्ने चाहिं घरमा, अफिसमा, बाटोमा , गाडिमा र सबैतिर हो । अहिले धेरैजसोले मास्क लगाएका हुन्छन, तर साथीभाईहरुले अरु बेला मास्क लगाएका हुन्छन् ।
कार्यालय भित्र पनि सेवाग्राहि र सेवा प्रदायक हुन्छन् । एउटा विषयमा लामो समयसम्म कुरा गर्ने हुन्छ । त्यो कुरा गर्ने समय पनि सकेसम्म छोट्याउँ । सम्भव भएसम्म त्यो कुराकानीलाई फोनबाट हुन्छ की भर्चुअयुअल माध्यमबाट वा वैकल्पिक उपाय अपनाउँ । बैठक पनि वैकल्पिक उपायबाट गर्न नमिल्ने अवस्था छ भने बैठक हुनु भन्दा अगाडी क्लोरिन सोलुसनले टेबुल, कुर्सीहरु सबै पूर्णरुपमा पुछौं । त्यसपछि दुरी कायम गरेर मात्र कुर्चि राखौं । कुर्चि राखेर दुरी कायम गरेर सकेसम्म बैठक गरौं । सकेसम्म १५ देखि २० मिनेटमा सकौं । यसो गर्दा जोखिम एकदमै कम हुने हुन्छ ।
सार्वजनिक यातायात खुलिसकेको छ । सार्वजनिक यातायात जोखिमपूर्ण क्षेत्र हो । सार्वजनिक यातायातको चालक, सहचालकसँगै हामी पनि जोखममा छौं । यसले गर्दा सार्वजनिक चालक, सहचालकसँगै उहाँहरुको परिवार नै जोखिम हुन्छ । त्यसैले जोखिम कम त हाम्रै व्यवहारमा भर पर्ने हुन्छ । सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयाृग गर्दिनु होला । चालक, सहचालक र यात्रुले मास्क प्रयोग गर्नै पर्छ । गाडि चढ्ने बेला दुई मिटकारे दुरी कायम गर्दिनु होला । अरु मान्छे ठेलमठेल गर्छन । म एक्लै भएर के गर्ने त ? हामी आफूबाट शुरु गरौं । गाडि भित्र पनि एउटा सिट छोडेर बसिदिनु होला । यो मेरो शरीरको लागि हो । मेरो शरीर स्वस्थ भयो भने अरु काम गर्ने हो भन्ने सोंचिदिनु होला ।
गाडिमा क्रस भेन्टिलेशन अर्थात हावा आवतजावत हुुने गरि सबै झ्यालहरु खोलेर बसिदिनु होला । गाडिभित्र बस्दा सकेसम्म नबोल्ने, मास्क राम्रोसँग प्रयोग गर्ने र यदि खोकी लाग्यो भने कुहिनाले छोपे खोक्ने र खोक्दा खकार आएको छ भने टिस्यु पेपर अर्थात कागजमा थुकेर कुनै एउटा निश्चित ठाउँमा मात्र फाल्दिनु होला ।

