काठमाडौं : मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस–सी० कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो । यो सामान्तया कोरोना संक्रमितको भएको २ देखि ४ हप्तापछि देखा पर्छ।
लक्षण
आँखा रातो हुनु
सास फेर्न गाह्रो हुनु
घाँटी दुख्नु
पेट दुख्नु
ज्वरो आउनु
पखाला लाग्नु
छाला, ओठ वा नङ निलो हुनु
शरीरमा डाबर आउनु
थकान महसुस हुनु
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र यी मध्ये कुनै दुई वटा लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्छ । यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन । तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ ।

