काठमाडौं । एउटा शिशु जन्माउँदा पनि कतिपय महिलालाई निकै गाह्रो हुन्छ । तर, पश्चिम अफ्रिकाकी एक युवतिले ९ जना जीवित शिशु जन्माएकी छिन् ।
पश्चिम अफ्रिकि मुलुक मालि की एक युवतिले जन्माइका शिशु अहिले एक महिनाका भएका छन् । शिशुहरुले मेडिकल उपकरणको सहायताबाट श्वासप्रस्वास लिइरहेका छन् ।
समाचार एजेन्सि एएफपिका अनुसार, जन्मँदाखेरि शिशुहरुो वजन ८ शय ग्राम देखि १ दशमलव ४ किलोग्रामका थिए । सवै शिशुहरुको अझैं दुई महिना निगरानिमा राख्नु पर्ने जरुरत रहेको चिकित्सकहरुले बताएका छन् ।
९ शिशु मध्ये पाँच जना छोरी र चार जना छोरा हुन् । शल्यक्रिया र डेलिवरिका क्रममा १० डाक्टर र २५ जना नर्स संलग्न थिए ।
अल्ट्रासाउण्ड गर्दा ति युवतिको पेटमा ७ जना बच्चा देखिएका थिए । तर, डेलिवरि पछि ९ जना शिशु जन्मदा चिकित्सकहरु पनि चकित परेका थिए ।
यस अघि अमेरिकाकी ३३ वर्षियाले ८ जना जीवित बच्चा जन्माएकी थिइन । विश्व रेकर्ड बनाएकी नद्या सुलेमानले बनाएको विश्व रेकर्ड अहिले तोडिएको छ ।

