काठमाडौं । मधुमेह (डायविटिज)को औषधि सेवन गरिरहेका व्यक्तिलाई कोरानो संक्रमण घातक त छँदै थियो । अब यसको संक्रमण पछि केहि भएका व्यक्तिलाई मधुमेह रोग लाग्न थालेको छ ।
अमेरिकाको वेटरन्स अफेयर्स सेन्ट लुईस हेल्थ केयर सिस्टमका क्लिनिकल इपिडिमियोलोजी सेन्टरका निर्देशक जियाद अल एलीका अनुसार , शुरु शुरुमा कोरोनाको संक्रमण पछि मधुमेह हुने कुरामा विश्वास गर्न गाह्रो भइरहेको थियो । कोरोना संक्रमणले केहि मुलुक मात्र होइन विश्वलाई नै व्याकुल बनाइरहेका बेला मधुमेह हुने कुराले थप चिन्ता बढाएको छ ।
कोरोना भाइरसले प्याङ्क्रियाज र इन्सुलिन उत्पादन गर्ने ग्रन्थिलाई पनि क्षति पु¥याउन सक्छ ।जसले गर्दा रगतमा चिनीलाई ऊर्जामा परिणत गर्न काम गर्दछ । अनुसन्धानकर्ताका अनुसार, केही बच्चाहरूमा कोरोना भाइरसका हल्का लक्षणहरू फेला परे पनि मधुमेह रोगीहरूको सुरुवात तीब्र हुन सक्छ । महामारीको शुरुका दिनहरूमा कोरोना भाइरसलाई विशेष रूपमा फोक्सोको रोगको रूपमा लिइन्छ। कोरोना भाइरसले शरीर र शारीरिक प्रणाली को धेरै भागहरु लाई असर गर्छ ।मधुमेह हुँदा शरीरले ईन्सुलिन उत्पादन गर्न वा यसलाई ठीकसँग प्रयोग गर्न असफल हुन्छ।
अल अलीको गत महिना नेचरमा प्रकाशित लेख अनुसार, उनले बेलायतको एक अस्पतालमा कोरोनाबाट संक्रमित ५० हजार बिरामीहरूको लागि तीन हप्तासम्म अध्ययन गरेका थिए । डिस्चार्ज पछि करीव २० हप्तामा ती बिरामीहरूलाई मधुमेह हुने सम्भावना ५० प्रतिशत भन्दा बढी हुने पाएका थिए ।
मधुमेह टाइप १ र टाईप २ गरि दुई किसिमको हुन्छ । अटो ईम्युन प्रतिक्रियाका कारण टाइप १ मधुमेह हुन्छ । जसले प्याङक्रियाजमा ईन्सुलिन उत्पादन गर्ने कोषहरूलाई नष्ट गर्दछ । क्यानडाका चिकित्सकले टाईप १ किसिमको मधुमेह बालबालिकामा देखा पर्न सक्छ ।
लस एन्जलसका डाक्टरहरूको रिपोर्ट अनुसार कोरोना संक्रमित भइसकेका बालबालिकामा टाइप २ मधुमेह देखा परेको छ । शारीरिकरुपमा वृद्धि भइरहेका बालबालिका र कसरत नगर्ने बालबालिकामा मधुमेहको जोखिम रहेको छ ।

