काठमाडौं : कोरोना संक्रमणको चपेटामा पर्ने बालबालिकाको संख्या बढ्दो छ । दोस्रो लहरमा बालबालिकामा पनि संक्रमण बढ्दै गएको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो चौबिस घण्टाको विवरण अनुसार मात्रै ९ वर्षमुनिका २२० जना र १० देखि १९ वर्ष उमेर समूह मुनिका ६१५ जना बालबालिका संक्रमित भएको विवरणमा उल्लेख गरेको छ।
यस्तै बालबालिकापछि युवा उमेर समूहका सबैभन्दा धेरै संक्रमित भएका छन् । शनिबारको विवरणमा २० देखि २९ वर्षका १९३४ जना, ३० देखि ३९ वर्ष उमेरका २०७६ जना,४० देखि ४९ वर्षका १५०४ जना,५० देखि ५९ वर्षका ११०२ जना, ६० देखि ६९ वर्षका ६४५ जना, ७० देखि ७९ वर्षका ३१९ जना, ९० देखि १०० वर्षका १४ जना र उमेर नखुलेका ७० जना रहेका छन्

