कोभिड –१९ विरुद्धको खोप सम्बन्धमा…..
प्रधानमन्त्री केपी ओली : हामीले भ्याक्सिन भारत भन्दा पछि लगायौं । भारत आफै उत्पादक राष्ट्र हो । भारतभन्दा पछि दोस्रो राष्ट्रका रुपमा लगायौं । त्यसका निम्ति हामीले थप २० लाख डोजका लागि (एकै चोटि ल्याएर पनि त्यो के हुन्छ भने समयभित्र लगाउन सकिएन भने एक्सपायर हुन्छ, कामयाव हुँदैन) हामीले क्रमशः ल्याउनु पर्ने हुन्छ । क्रमशः ल्याउनको लागि हामीले २० लाख डोज मगायौं । २० लाख डोजको पैसा पनि तिर्यौं । २० लाख डोजको पैसा तिर्यौं । १० लाख डोज आयो । १० लाख डोज बाँकी रह्यो । त्यसैबीचमा भारतीय अदालतको फैसला पनि हामीलाई थाहा छ । इण्डियालाई नपुगिकन बाहिर नदिने भन्ने खालको फैसला भयो । जहाँसुकै पनि अदालतको एउटा स्थिति र पहिले ईण्डियाले पनि सेकेण्ड वेभको यो स्थिति नसोंचिकन पनि कतिपय देशलाई दिने भनेर उसले एउटा एग्रिमेन्ट गरेको थियो । तर, त्यो अनुसार पछि उसले दिन सक्ने खालको स्थिति भएन । त्यससम्बन्धमा अहिले गम्भीरताका साथ कुराकानी भइरहेको छ । हामी प्रयास गरिरहेका छौं । र, म ठान्छु भारतको अदालतले पनि सीमा भन्दा यता, सीमाभन्दा उता , सीमाले मानवियतालाई निर्धारण गर्ने, मानवीय जीवनको रक्षाको प्रश्नलाई सीमाले उत्तरदायि बनाउने विषय ठान्दैन । र, यसलाई नितान्त एउटा राष्ट्रविशेषको समस्याको रुपमा अथवा राष्ट्रले गरेको उपलब्धि वैज्ञानिक खोज अध्ययन, खासगरि औषधिजन्य कुराहरुमा मानिसको जीवनसँग सम्बन्धित कुराहरुको उपलब्धि चैं एउटा राष्ट्र विशेषको कुरा मात्र हो । सिँगै मानवजातिको उपलब्धिको रुपमा मान्न सकिंदैन भन्ने अवस्य पनि भारतको कोर्टले गर्ला जस्तो भन्ने मलाई लाग्दैन । त्यो कुनै प्रसङ्गवस निर्णय भएता पनि त्यसमा करेक्सन आउला भन्ने म ठान्छु ।
भारतको सिँगो जनसंख्यालाई खोप दिइसके पछि नेपालमा दिने भन्ने कुरा चाहिं त्यो असान्दर्भिक पनि भइसक्छ । त्यसकारण त्यस निर्णयमा पुनर्विचार होला । हामी प्रयास गरिरहेका छौं । अरुतिर पनि हामीले कुरा गरिरहेका छौं । अमेरिका, बेलायत विभिन्न देशहरुसँग पनि कुरा गरिरहेका छौं । युरोपेली देशसँग पनि । जसले सेरम इन्स्ष्टिच्युटसँग खोप लिने सहमति, सम्झौता गरेका थिए । बुकिंङ्ग गराएका थिए । उनीहरुले आफ्नै अन्तैबाट उपलब्ध भए पछि नलिने भए भने
त्यो पनि प्राप्त गर्न सकिने स्थिति छ की त्यसमा पनि हामी लागिरहेका छौं । तपाईले भने जस्तै उत्तरी छिमेकी चीनको खोप पनि प्रभावकारि छ । त्यहाँबाट पनि हामीले ५ लाख प्राप्त गरेका छौं र थप लिने प्रयास हामी गम्भीरताका साथ गरिरहेका छौं । उच्चस्तरमा पनि कुराकानीहरु भइरहेका छन् र हुनेवाला पनि छन् । त्यसो भएर यस सम्बन्धमा पनि हाम्रो प्रयास जारी छ । म के विश्वास गर्छु भने भ्याक्सिन पनि हामी छिटै ल्याउँदै छौं । र, हामीसँग अक्सिजन, सिलिण्डरको कमी थियो । ती कुराहरुलाई लगभग पुरा गरेको स्थितिमा पुगेका छौं । तसर्थ , भ्याक्सिन बाहेक अरु भेन्टिलेटरका कुराहरु भए, अक्सिजन र सिलिण्डरका कुरामा हामी कहाँ कमी रहँदैन ,अब । रेम्डेसिभिर भनौं । या अरु खालका औषधि पनि अभाव नरहने खालको प्रबन्ध हामीले मिलाएका छौं । जहाँसम समन्वय भएन भन्ने कुरा छ । यो सामान्य अवस्थाको कुरा होइन । महामारिको बेला हो । अमेरिकामा कत्तिको म्यानेज भएको थियो ? ब्राजिलमा कत्तिको म्यानेज भएको थियो ? ईटलिमा कत्तिको म्यानेज भएको थियो । बेलायतमा कत्तिको म्यानेज भएको थियो ? महामारि भनेको क्षमता भन्दा बाहिरको स्थितिमा पुर्याउने गरि ,स्वास्थ्यसँग सम्बन्धित विषय हो । क्षमता भन्दा बढी भए पछि नै त्यसलाई महामारि भनिन्छ । क्षमताभित्रको कुरालाई महामारि भनिंदैन । क्षमताभित्र छ भने त सामान्य अवस्था भइगो । क्षमताभन्दा वाहिरको स्थितिमा पहिलेको मौजुदा जनशक्ति, मौजुदा दक्षता, मौजुदा अस्पताल, मौजुदा सामग्रिहरु,स्वास्थ्य सामग्रिहरु, अथवा मौजुदा औषधिको स्टोर अथवा चिनिरहेका रोगको औषधि जस्तो नयाँ भेरियन्टका कुरा गरिरहेका छौं । यसै त कोभिड १९ विना औषधिको रोग एकैचोटि आइलाग्यो । भयावहरुपमा ग्लोबल्लि आयो । दुनियाँमा को चाहिं प्रिपेयर थियो र ? ईटलीमा त्यत्रो मान्छे मरे । भारतमा कति लाख मान्छे मरे ? अमेरिकामा कति लाख मान्छे मरे । केहि हजारको कुरा होइन लाखौ मान्छे मरे । अमेरिका जस्तो देशले पनि म्यानेज गर्न सक्दोरहेन छ । त्यसकारण आलोचना गर्न त सजिलो छ । त्यसकारण यस्तो आकस्मिकरुपमा आउने महामारिहरु नियन्त्रण गर्न केहि समय लाग्छ । सरकारले आफ्नो आफनो ध्यान पूर्णरुपमा फोकस गरेको छ, कोभिड विरुद्धको लडाईमा । र, यसलाई नियन्त्रण गरेर छोड्छ ।
गत वर्ष हामीले लक डाउन आदि प्रभावकारि ढंगले गरेका कारण धेरै फैलन सकेन । जब लक डाउन कमजोर हुँदै गयो । जब लक डाउन खुल्नेस्थिति भयो तब क्लाईमेक्स तिर गयो । फेरी हामीले अलिकति कडाई गरयौं । अवारनेस बढायौं । सामग्रिहरु जुटायौं । त्यसलाई कम गर्यौं । त्यसपछि लापरवाहि । अदालतलाई दबाब दिने उद्देश्यले ठूला ठूला सभाहरु भए । सडकबाट पुनस्र्थापना गर्छौं । अदालतलाई देखाइदिन्छौं भन्ने खालका जुलुस सभा आदि ईत्यादि भए । त्यसले फैलाउन मद्दत गरयो. । अरु कुराहरु भए होला । रिलिजियस कुरा भए होला ।
यसरी फैलने क्रम बढ्यो । हामी यसलाई नियन्त्रण गर्ने क्रममा छौं ।
कोभिड संक्रमणमा चुनाव …..
अब, जहाँसम्म कोभिडको बेला चुनावको कुरा छ । यो जात्रा जस्तो होइन । मतदाताहरु आएर डिस्टेन्स मेन्टेन गरेर, माक्स लगाएर भोट दिएर जान सक्छन् । यद्यपि, यो परिस्थिति अनुकूल त होइन । तर, यस्तै बेलामा अमेरिकाको निर्धारित निर्वाचन भयो । जतिखेर महामारी एकदमै क्लाईमेक्समा थियो । त्यतिखेरै अमेरिकामा निर्वाचन भयो । तसर्थ जापान देखि लिएर भारतका विभिन्न प्रान्तहरुमा ( पश्चिम बंगाल जस्तो त्यत्रो पपुलेसन) पनि चुनाव भएका छन् । चुनाव स्वेच्छाले मात्र गर्ने कुरा हुँदैन । परिस्थितिले चुनाव निम्त्याउँछ । त्यसलाई रोक्नु हुँदैन । यदि, मैले भनेको समयमा चुनाव भएको भए दुरी मेन्टेन गरेर गर्न सकिन्थ्यो । जसरी अरु देशले गरेका छन् । त्यो भएन । (प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (जेठ ७ गते )सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसका सम्बन्धमा राखेको मन्तव्यको सम्पादित अंश )

