काठमाडौं । ज्ञानी र जागृत पुरुषको संगत गर्दा असल व्यक्तित्व हुने भगवान गौतम बुद्धको भनाई छ । तपाईको सँगत कस्तो छ ? संगतले पनि व्यक्तित्व निर्माण हुन्छ । गलत व्यक्तिसँग सँगत नगर्नु भन्ने शिक्षा २५ शय वर्ष अघि भगवान बुद्धले दिएका थिए ।
अहिले २१ औं शताब्दी छ । विज्ञान र प्रविधिले शिखर छोएको छ । गलत व्यक्तिसँगको संगतले इम्युन सिस्टममा प्रभाव पार्छ । इम्युन सिस्टम कमजोर हुन्छ । थाईराईड, उच्चरक्तचाप लगायतका रोगहरु निम्तनुको कारण मन नपरेको अर्थात नकारात्मक सोंचाई भएको व्यक्तिसँग बसिरहनु नै हो । व्यक्तिहरु रोगि हुनुमा विभिन्न कारणमध्ये संगत पनि हो । कतिपय व्यक्तिसँग केहि बेर बस्दा नै आफू गलेजस्तो वा आफूलाई भारि भएजस्तो वा डर लागेजस्तो अथवा अप्ठेरो भए जस्तो महसुस हुन्छ । सहज महसुस नै हुँदैन । कोहिसँग बस्दा वा कुरा गर्दा डर, अप्ठेरो, भारी , गलेको महसुस गरिरहनु भएको छ भने त्यस्तो व्यक्तिसँग सँगत गर्नु हुँदैन ।
यस आलेखमा व्यक्तित्व (पर्सनालिटि) को बारेमा चर्चा गरिएको छ ।
१. आत्ममोहित (नार्सिसिस्ट पर्सनालिटि)
यो पर्सनालिटि भएका व्यक्ति आफ्नै कुरामा बढी ध्यान दिन्छन् । आफूलाई नै बढी फोकस गर्छन । पाँच वा दश मिनेट बस्दाखेरिन थाहा भइहाल्छ ।
२. निर्णायक (जजमेन्टल पसर्नालिटि)
तिमी पुड्को छौ । भुँडि ठूलो छ । तिमी कालो छौं भनेर आलोचना गर्छ । अगाडिको व्यक्तिलाई प्रोत्साहित होइन की दुरुत्साहित गर्छ । दुर्गुणमा ध्यान दिन्छ ।
३. निन्दक (ब्लासफेमि पर्सनालिटि )
अरुको आलोचना गर्छन । फल्ना मान्छे यो कारणले खत्तम छ भन्छ । आफ्नो अगाडिको व्यक्ति बाहेक अरु सबैको आलोचना गर्छ ।
४.अरुलाई कन्ट्रोलमा राख्ने प्रवृत्ति(म्यानेपुलेटिभ पर्सनालिटि)
अरुको समय र सम्पत्ति नियन्त्रणमा राख्ने । अरुलाई नियन्त्रणमा राखेर फाइदा लिने हुन्छ । अपमान गर्छ । फाइदामुखि हुन्छ । अरुलाई खेलाएर वा अरुको भावना तथा चाहनामा खेल्छ । र , नियन्त्रणमा राख्छ । अरुबाट फाइदा लिन्छ तर फाइदा दिंदैन । खोक्रो बनाउँछ ।
५. जहिले पनि आफू दुःखि भएको देखाउन (प्ले भिक्टिम)
आफू जहिले पनि कमजोर देखाउँछन् । खत्तम भएको , बरबाद भएको, ठगिएको महसुस गर्छन् । उसको घरमा जानुस … उसले आज टाउको दुखिएको छ भन्दै पीर व्यथा सुनाउँछ । त्यसो गर्नुको अर्थ तपाईको एटेन्सन खोजेको हो । बाउ,बाजेले ठगे । मुलुकले ठग्यो भन्छ । आफूलाई भिक्टिमको रुपमा प्रस्तुत गर्छ । आफू खतम र पीडित भनेर प्रस्तुत हुनुको अर्थ उसले सहानुभूति खोजेको हो । आफूलाई भिक्टिमको रुपमा प्रस्तुत गरेर पनि अरुलाई तानिराख्ने वा ट्रयापमा पार्ने हुन्छ ।
६. बोल्याबोल्यै गर्ने र भजन गाउने
पटटट(ननस्टप) बोल्छन् । बोल्दाखेरी आफ्नो मात्र बखान गर्छन् । आफ्नो पुर्खा, छोराछोरी, सन्तान, संस्कृति, धर्म, गुरु, पुस्तकको बारेमा बखान गर्छन् । आफ्नो भजन गाउँछ । आफ्नो कुरा बडो प्यारो लाग्छ । आफ्नो कुरा सर्वश्रेष्ठ लाग्छ । अरुको झुत्रो । आफू बाहेक दुनियाँमा अरु ठीक छैन भन्छ ।
७. आफूमात्र जहिले पनि ठिक लाग्ने
अरुको दोष देख्ने तर आफू जहिले नि ठिक भएको दावी गर्ने । यस खालका श्रीमान भए श्रीमति र श्रीमति भए श्रीमानलाई समस्या हुन्छ ।
८. बीचमा कुरा काटिहाल्ने प्रबृत्ति
कोहि बोलेमा बीचमा कुरा काट्नै पर्ने । तपाईले के भनिरहनु भएको छ त्यसको चासो हुँदैन । सुनिरहेको जस्तो गर्छ । तर, सुनिरहेको हुँदैन । यसलाई कहाँ मैले कुरा काट्ने भनि पालो पर्खिरहेको हुन्छ । पख्नुस… पख्नुस तपाईको कुरा काटें मैले सरि … भन्दै कुरा काटेजस्तो फिलिस नगर्नुस भन्दै कुरा काट्छ । तपाईको पुरा कुरा नसुन्ने तर आफ्नो पुरा कुरा सुनाउने हुन्छ । यसको परिणाम उसले सुन्न सक्दैन । तपाईको कुरा सुनेकै छैन भने तपाईलाई कसरी बुझ्छ । बुझ्नै सक्दैन । तपाईको कुराको एंगल सुनेकै छैन भने तपाईको पीडा कसरी थाहा पाउँछ ? कसरी सहयोग गर्छ ? गाह्रो अप्ठेरो पार्ने हुन्छ ।कहिल्यै सरि भन्दैन । उपाय :ग्रे स्टोन (रक)मेथड

