काठमाडौं : सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना (प्लान अफ एक्सन)७ दिनभित्र ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता विषय सम्बोधन गरी कार्ययोजना ल्याउन अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले कार्ययोजनामा राज्यका तर्फबाट सम्बन्धित सरोकारवाला निकायले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारी स्पष्टरुपमा उल्लेख गर्न र कार्यप्रगतिको सूचक स्पष्ट देखिने हुनु पर्ने उल्लेख गरेको छ ।


