बर्दिया : बाँके जिल्लाका सरकारी एवं निजी मेडिकल कलेजमा उपचाररत अस्पतालमा बर्दियाका ३ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका मधुवन नगरपालिकाका दुई जना र बढैयाताल गाउँपालिकाको एक जनाको निधन भएको हो ।
बर्दियाको मधुवन नगरपालिका–९ का ७१ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षिय पुरुषको हिजो राती भेरी अस्पतालमा मृत्यु भएको हो ।

