बर्दिया, कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले शनिबारदेखि थप ११ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । जेठ १ देखि ११ गते सम्म निषेधाज्ञा थपिएको छ । यसअघि पहिलोपटक बैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरेको थियो । दोस्रोपटक २० गते देखि ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको छ ।कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जेठ १ गतेबाट सवारी साधन र आउजाउमा जाँच कडा पार्ने बताए ।दोस्रो चरणको कोरोना महामारी फैलिएपछि बर्दियामा हालसम्म ४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९६ रहेका छन् ।
बर्दियामा जेठ ११ गते सम्म लम्बियो निषेधाज्ञा
बर्दियामा जेठ ११ गते सम्म लम्बियो निषेधाज्ञा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

