दाङ । दाङ जिल्लामा एक साता निषेधाज्ञा थप गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा पालोपालो गरी एक बैंकलाई सातामा दुई दिन दिउँसो ११ देखि १ बजेसम्म खुल्न दिने निर्णय भएको छ । यसैगरी लकडाउनको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि ९ बजेसम्म समय दिइएको छ । यसअघि ९ दिनका लागि शनिबारसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
दाङमा थपियो निषेधाज्ञा
दाङमा थपियो निषेधाज्ञा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

