काठमाडौं । पछिल्लो चौबिस घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्।
पछिल्लो चौबिस घण्टामा ५० जनाको मृत्यु भएको छ।

