काठमाडौं । नेपालका अर्थोपेडिक स्पाइन सर्जनहरुको छाता संगठन एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) को अध्यक्षमा स्पाइन सर्जन डा. बिमल कुमार पाण्डे ( काठमाडौं मेडिकल कलेज) निर्वाचित भएका छन् ।
हिमालयन स्पाइन सिम्पोजिम छैटौं बार्षिक वेभनार सम्मेलनले आगामी २ वर्षका लागि अध्यक्ष डा. पाण्डेसहित ९ जनाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यमा डा. बिनोद विजुक्छे (ग्रान्डी इन्टरनेनल हस्पिटल), महासचिवमा व्यापक पौडेल (ग्रान्डी इन्टरनेशनल हस्पिटल), कोषाध्यक्षमा डा. गौरव राज ढकाल (राष्ट्रिय ट्रमा सेन्टर), सहसचिवमा डा. राजेश कुमार चौधरी (बी एण्ड बी हस्पिटल) निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा डा. प्रेमबहादुर शाही (कन्काई हस्पिटल, बिर्तामोड), डा. राजेश प्रताप शाह (बीरेन्द्र सैनिक हस्पिटल), डा. योगेन्द्र अग्रहरी (तिनाउ हस्पिटल, बुटवल), डा. ज्ञानेन्द्र शाह (राष्ट्रिय ट्रमा सेन्टर) रहेका छन् ।
हाल मुलुकमा ५१ जना भन्दा बढी अर्थोपेडिक स्पाइन सर्जनहरु रहेका छन् ।

