डोटी, कात्तिक २७ । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ ।
चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो ।प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तस्राव नरोकिएका कारण उहाँको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिए ।
उनले जन्माएकी नवजात शिशुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।
उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

