काठमाडौं । घर होस की बाहिर । कोराना भाइरसबाट कोहि पनि सुरक्षित छैन । अस्टे«लियामा गरिएको एक शोध अनुसार कोरोना भाइरस सहजै द्रुत गतिमा एक सतहबाट अर्को सतहमा फैलिएको पाइएको छ ।
अस्ट्रेलियाका अन्वेषकहरुले सबैभन्दा संक्रामक भनिएको सतहको बारेमा खोज गरेका छन् । कुन कुन हुन् ती सतहहरु । जानिराखौं ।
सार्वजनिक यातायातको झ्याल ः सार्वजनिक यातायात सेवा सुरू भइसकेको छ । बस,टेम्पोलाई सबैभन्दा संक्रामकको रूपमा वर्णन गरिएको छ । झ्यालहरु स्टिल वा शिशा जस्ता सामग्रीबाट बनेका हुन्छन् । भाइरस सजिलैसँग यी सतहमा रहन्छन् । धेरै यात्रुले बस तथा टेम्पो चढ्दा प्रयोग गर्दछन् । जसको कारण तिनीहरू अधिक संक्रामक हुन्छन् । सार्वजनिक यातायातको प्रयोग गर्दा यी सतहलाई छुनबाट जोगिनु पर्छ ।
नोट (नगद) ः अध्ययनका अनुसार, कोरोना भाइरस २० डिग्री तापमानमा २० दिनसम्म नोटमा रहन सक्छ । नोटको लेनदेनबाट भाइरस एक नोटबाट अर्कोमा फैलिने जोखिम हुन सक्छ । यस समयमा प्लास्टिक पैसालाई सकेसम्म प्रयोग गर्नुहोस् । यसले तपाईंलाई भाइरसको सम्पर्कमा आउनबाट जोगाउँछ।
फोन स्क्रिन ः फोन, जीवनको एक महत्वपूर्ण हिस्सा हो । हामी जहाँ गए पनि फोन लिन्छौं । कसैेले फोनलाई वाशरूममा पनि लैजान्छन् । भाइरस सजिलै फोन स्क्रिनमा टाँसिएको हुन्छ । त्यसकारण, फोन स्क्रिनबाट भाइरस फैलाउने जोखिम बढी छ । फोनको स्क्रिन समय समयमा सेनिटाइजद्धारा सफा गरिराख्नु पर्छ ।
अस्पतालको प्रतीक्षालय ः यस समयमा अस्पतालमा सरसफाईको बारेमा विशेष ध्यान दिइएको छ । यद्यपि, तर अझै पनि अस्पतालको प्रतीक्षालयमा संक्रमण हुने सम्भावना छ। प्रतीक्षालयमा मान्छे बाहिरबाट आउँछन् । जसको कारणले यहाँ भाइरस फैलने उच्च जोखिम छ । यस समयमा अस्पताल चक्कर लगाउनबाट बच्नुहोस ्। यदि तपाई अस्पताल जानुहुन्छ भने कुनै पनि सतहलाई नछुनुहोस् । मास्क, फेस शिल्ड, सेनिटाइजर र पञ्जा प्रयोग गर्नुहोस् ।
एटीएम स्क्रिन र बटनहरू ः एटीएमको स्क्रीन र बटनमा कीटाणु सजिलै आउन सक्छन् । सबैले पैसा निकाल्नको लागि एटीएमको बटन र स्क्रिन छुन्छन । यसले संक्रमण फैलाउने जोखिमलाई बढाउँछ । यस समयमा एटीएमबाट पैसा निकाल्नुको सट्टा अनलाइन लेनदेन गर्नुहोस् । यदि तपाईं एटीएममा जान चाहानुहुन्छ भने, पैसा फिर्ता लिने बित्तिक घर आउनुहोस् र साबुन पानीले हात धुनुहोस् ।
भाँडाहरु ः अध्ययनका अनुसार भाइरस उच्च तातोमा लामो समयसम्म रहँदैन । तर स्टेनलेस स्टील (स्टील झैं देखिने भाँडा) मा यो सजिलै घण्टासम्म रहन सक्छ। भान्साकोठामा प्रयोग गरिने धेरैजसो भाँडाहरू इस्पातका हुन्छन्। यस अवस्थामा, संक्रमणको जोखिम बढाइन्छ । स्टिलको भाँडो तपाईंको भान्सा कोठामा राख्नुहोस् । भान्साको सबै सतहहरू सफा राख्नुहोस् ।

