काठमाडौं । सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी एवं कर्मचारीलाई कोभिड १९ पोजेटिभ वा लक्षण नदेखिंदासम्म खटिन निर्देशन दिएको छ ।
जनशक्ति परिचालन एवं व्यवस्थापन सम्बन्धमा सचिवस्तरीय निर्णयबाट परिवर्तन गर्दै निर्देशन दिएको हो । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन, २०७७लाई केहि परिवर्तन गरिएको छ । असोज २९ गतेको सचिव स्तरीयनिर्णयले परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमित बिरामीको प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिड १९ लक्षण देखा परेमा वा कोभिड १९ पोजेटिभ देखिएमा मात्र क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने तथा वस्ने व्यवस्था गर्नुपर्ने छ । कोभिड र अन्य अस्पताललाई सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय अस्पतालमा सात दिन काम गरेपछि सात दिन क्वारेन्टाइन राख्ने खालको व्यवस्था भएकोमा केहि परिवर्तन गरिएको बताए । उनले भने,‘कोभिड १९ पोजेटिभ देखियो वा यसको लक्षणहरु देखियो भने मात्र क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु पर्छ । अरु बेला चाहिं स्वास्थ्यकर्मी (चिकित्सक, नर्स)लाई काममा लगाउने भन्ने उद्देश्यले सूचना जारी गरिएको हो । ’
स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन, ‘कोरोनाको लक्षण वा पोजेटिभ नदेखिएसम्म काम गर्नू’
स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन, ‘कोरोनाको लक्षण वा पोजेटिभ नदेखिएसम्म काम गर्नू’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

