काठमाडौं । सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले मन्त्रिपरिषद्को शुक्रबार ( २३ गते)बसेको बैठकले डा. रोकालाईलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिक केन्द्र विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको निर्णय गरेको जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा मन्त्रिपरिषद्ले डा रोका क्षेत्रीलाई अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो।यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्टप्रसाद रिजाल, सिंहदरबार बैद्यखना विकास समितिको अध्यक्षमा डा। बाबुराजा अमात्य, औषधि परामर्श परिषद् सदस्यमा प्रा डा। संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाल नियुक्त भएका छन् ।
आयुर्वेद अनुसन्धान केन्द्र विकास समितिको अध्यक्षमा डा.रोका
आयुर्वेद अनुसन्धान केन्द्र विकास समितिको अध्यक्षमा डा.रोका
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

