संवाददाता
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् ।
मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गरेका छन् ।
छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सकैको साथ आवश्यक रहेको बताए । उहाँले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने बताए ।
उहाँले काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताए । उहाँले कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको जानकारी दिए ।
मन्त्री ढकालले चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताए ।
यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्थाहेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै उनले असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिल्यको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गरे ।
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने बताए। महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने भन्दै मन्त्री ढकालले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने जनाए ।
छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए । उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्ननहुने बताए।
अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताए। महामारीविरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने बताए ।
कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जडिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताए ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव समेत रहेका उच्च माध्यामिक विद्ययालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले हामीसँग धेरै खालका मानवस्रोतहरु रहेको भन्दै राज्यले त्यसको सदुपयोग गर्नुपर्ने बताए ।
उहाँले यो महामारीको समयमा हुने सबै खालका काम एकद्धार प्रणालीमा हुनुपर्ने बताए। विगतदेखिको अनुभवको आधारमा उच्च माध्यामिक विद्यालय संघ हिसानले होस्टलदेखि बससम्म उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।
अध्यक्ष सिलवालले ‘सक्नेले दिनुस्, नसक्नेले लानुस्’ भन्ने नाराको रुपमा फुड बैंकको अबधारणालाई व्यवस्थिति रुपमा अघि बढाउनु राम्रो हुने सुझाव दिए । उहाँले स्वास्थ्य मन्त्रालयले समन्वय गरेर गर्ने सबै काममा साथ दिन तयार रहेको बताए ।
यस्तो महामारीको समयमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित स्रोत र साधानको बीचमा धेरै महत्वपूर्ण र प्रभावकारी काम भैरहेको भन्दै भएका सबै काम जनताले थाहा पाउने गरी प्रचार प्रसार पनि गर्नुपर्ने बताए। उनले सबैखालका संस्थाहरुलाई जोडेर सचेतनाको काम पनि अघि बढाउनुपर्ने बताए ।
छलफलमा हिसानका महासचिव एवं नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले भूकम्पको समयमा पनि राज्यसँगै काम गरेको बताउँदै कोरोना महामारीमा पनि सरकारलाई साथ दिन तयार रहेको बताए। उहाँले कोरोना संक्रमितको पहिलो शव व्यवस्थापनमा स्काउटका स्वयंसेवकले काम गरेको स्मरण गर्दै महामारीको समयमा सबैसँग सहकार्य गर्दै भएका स्रोत साधानको उच्चतम उपयोग गर्नुपर्ने बताए। अध्यक्ष भण्डारीले मन्त्री स्वयंले पहलकदमी लिएर सबैलाई परिचालन गर्नुपर्ने बताए ।
छलफलमा नर्सिङ एसोसिएसनको अध्यक्ष मनकुमारी राईले सरकारको काम कारबाही राम्रो भएको भन्दै सेवा सुविधाको विषयमा गुनासो नआउने बनाउनुपर्ने बताइन । उहाँले चिकित्सलाई चाहिँ होटलमा राख्ने तयारी गरेको सुनेको भन्दै सबैलाई समान व्यवहार गर्नुपर्ने बताइन
राष्टिय चिकित्साकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काम गर्नुपर्ने बताए। स्वास्थ्यकर्मी माथि दूव्यवहार भएको भन्दै महामारीको विषम परिस्थिलाई समाजले पनि बुझिदिनुपर्ने बताए । उहाँले चिकित्साकर्मीको परिचालनमा राज्यले अद्ध बढी ध्यान दिनुपर्ने बताए।
स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले भत्ता र सुविधाको विषयमा कार्यबिधि बनाउनुपर्ने सुझाव दिए। उहाँले मन्त्रालयले धेरै काम गरेको भन्दै निजी र सरकारीको बीचमा रहेको भ्रम र दूर कम गर्नुपर्ने बताए ।
स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान)का अध्यक्ष, राजेन्द्र खड्काले स्वास्थ्यकर्मी माथि कमजोरी गर्ने र दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए। दिनभर नमुना संकलन गरेको व्यक्ति बेलुका घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै छुट्टै बस्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

