संवाददाता
काठमाडौ । भदौ महिनामा कोरोना संक्रमण र मृत्युदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भदौ १ गते ५८१ जनामा संक्रमण देखिएको थियो। भदौ २ गते १ हजार १६ जनामा संक्रमण देखिएको थियो। भदौ ३ गते ६८१, भदौ ४ गते ७०७, भदौ ५ गते ८३८, भदौ ६ गते ६३४, भदौ ७ गते ८१८, भदौ ८ गते ६७४, भदौ ९ गते ८५५, भदौ १० गते ८८५र भदौ ११ गते १ हजार १११ जनामा संक्रमण देखिएको छ।
त्यस्तै मृतक संख्या पनि बढेको छ । भदौ १ गते ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। त्यसयता पनि मृतकको संख्या घटेको छैन। भदौ २ गते ७ जना, भदौ ३ गते ६ जना, भदौ ४ गते ६ जना, भदौ ५ गते ११ जना, भदौ ६ गते ९ जना, भदौ ७ गते ३ जना, भदौ ८ गते ८ जना, भदौ ९ गते ७ जना, भदौ १० गते ११ जना र भदौ ११ गते ८ जनाको मृत्यु भइसकेको छ।

