काठमाडौं, साउन ३ । जन्मिँदै मस्तिष्क रोग सेरेब्रल पाल्सीबाट पीडित साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ।
वि.स. २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाउने निर्णय गरेका थिए । साहित्यकार घिमिरे धनकुटा कचिडेकी हुन । सेरेब्रल पाल्सीका कारण उनी बोल्न र हिँडडुल गर्न सक्दिनन्। खुट्टाको सहायताले लेखेर संवाद गर्छिन्। खुट्टाको तीन वटा औँला मात्रै चल्ने उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि मदन पुरस्कार पाएकी थिइन्।
उनकै सम्मानमा सरकारले पाँच वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो।
एक करोड ८० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त घर तीनतले छ। उक्त घर प्रधानमन्त्री पत्नी राधिका शाक्यको रेखदेखमा निर्माण सम्पन्न भएको हो। घिमिरेको ४०औँ जन्मजयन्तीका उपलक्ष्यमा घर हस्तान्तरण गरिएको हो।

