काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ८ लुभूस्थित एक घरका १० जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनको घरका सदस्यलाई कोरोना संक्रमण भएको हो । यहि असार १७ गते उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब परीक्षणमा सबैको नतिजा पोजेटिभ आएको हो।
हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

