
काठमाडौं । भारतीय मेडिकल एसोसिएशनका पूर्व अध्यक्ष डा. के के अग्रवालले कुनै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको ९ दिनपछि भाइरसको गुणात्मक वृद्धि नहुने दावी गरेका छन ।
आज तक टेलिभिजनमा ईशा गुप्तालाई अन्तर्वार्ता दिंदै उनले संक्रमण भएको ९ दिन पछि भाइरस कमजोर हुने बताए । बरिष्ठ मुटुरोग विशेषज्ञ समेत रहेका डा. अग्रवालले भने, ‘संक्रमणको नौ दिनपछि शरीरमा कोराना भाइरस रहे पनि संक्रमणको डर हुँदैन । पोजेटिभ नै भएपनि अर्को दोस्रो व्यक्तिमा सर्दैन ।’ संक्रमण भएको ९ दिन पछि जाँच गराइरहनु नपर्ने चर्चा गर्दै उनले जनस्वास्थ्यको दृष्टिले परिक्षण गर्न सकिने बताए । डा. अग्रवालले भारतमा ७० प्रतिशत व्यक्ति भाइरसबाट संक्रमित नभएसम्म भाइरस सक्रमणको तरंगमा उतारचढाव आइरहने बताए ।
उनले संक्रमित व्यक्तिको संख्या भन्दा पनि गम्भीर केसहरुलाई हेरेर विश्लेषण गर्नुपर्ने बताए। गम्भीर केसहरु कति भए र मृत्युदर न्युन भयो की भएन । त्यसले फरक पार्ने हो । संक्रमण वृद्धिको केसले खासै फरक पर्दैन । पहिला पोजेटिभ देखिने वित्तिकै जाँच गरिन्थ्यो । डराइन्थ्यो । मिर्गौला, मुटुको बिरामी छ भने सावधानी अपनाउनु पर्छ । महिलामा ८० प्रतिशतमा झाडापखाला देखिने गरेको पनि डा. अग्रवालले बताए ।

