

काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण अधिकांश सांसदहरु संघिय राजधानी काठमाडौंमै बसिरहेका बेला बर्दिया जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गरेकी सांसद तुल्सी थापालाई भने गृहजिल्ला र जिल्लाबासीकै चिन्ता छ ।
कहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर मन्त्री भानुभक्त ढकाललाई घचघच्याउँछिन त कहिले बर्दिया पुगेर स्वास्थ्य सामग्री बाँड्छिन । सांसद थापाले कोरोनाको संक्रमण फैलनबाट जोगाउन बर्दियाका विभिन्न स्थानीय तहमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेकी छिन ।
उनले बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी मार्फत मास्क, सेनिटाइजर, पीपीई लगायतका स्वास्थ्य सामग्री प्रदान गरेकी छिन । उनलाई स्वास्थ्य सामग्री संकलनमा नेकपा उपाध्यक्ष बामदेव गौतमले सहयोग गरेका हुन ।
बाँसगढि नगरपालिकाका मेयर शालिकराम अधिकारीले स्थानीय बासिन्दामा मास्क र सेनिटाइजर नहुँदा संक्रमणको जोखिम बढेकोले महामारिका बेला प्राप्त स्वास्थ्य सामग्रि संक्रमण रोकथाममा टेवा पुग्ने बताए । सांसद थापाले बर्दियाका विभिन्न पालिकामा बनाइएका क्वारेन्टाइनको स्थलगत अवलोकन गर्नुको साथै क्वारेन्टाइनमा बसेकाहरुका समस्या बारे जानकारी लिएकी थिइन ।
पीसीआर जडान गर्न माग
सीमावर्ति जिल्ला बर्दियामा संक्रमितको संख्या बढेपछि सांसद थापाले रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणको मेशिन जडान गर्न दौडधुप गरिरहेकी छिन ।
मेशिन जडानका लागि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग परामर्श गरेकी छिन । हाल मुलुकमा २३ वटा प्रयोगशालामा पीसीआर परिक्षण भइरहेको छ ।
सांसद थापाले बर्दिया जिल्लाका स्थानीय तहहरुको बित्तिय सहकार्यमा जिल्ला अस्पतालमा गुलरियामा आरटी पीसीआर संचालन स्वीकृतिको लागि मन्त्रालय समक्ष अनुरोध पत्र दर्ता गराएकी छिन । यस बारे मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र इन्सिडेन्ट कमाण्ड कोअर्डिनेटर डा. गुणराज लोहनीले आवश्यक पहल गर्न पत्राचार समेत गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सांसद थापाद्धारा स्वास्थ्य सामग्रि वितरण, पीसीआर जडानको पहल
सांसद थापाद्धारा स्वास्थ्य सामग्रि वितरण, पीसीआर जडानको पहल
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

