कैलाली जिल्लाको गेटास्थित मेडिकल कलेजका एक वर्षभित्र संचालन गरिसक्ने बताए पनि निर्माणमा ढीलाई भएको छ । कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदका अनुसार,आगामी एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने लक्ष्य राखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको उक्त निर्माणाधीन मेडिकल कलेजका संरचना निर्माणमा भइरहेको जनाइएको छ । अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको भौतिक निर्माण पूरा भइसकेको छ । निर्माणस्थलमा विभिन्न २३ वटा संरचना निर्माणाधीन रहेकामा तीन तले कलेज भवन र तीन तले प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।चालू वर्षमा पर्खाल, आन्तरिक सडक, फोहर व्यवस्थापन, पानी आपूर्तिको व्यवस्थापन, थप छात्रवास भवन, फर्निचरको काम, अस्पतालका उपकरण खरीदलगायतका कामसमेत गर्न लागिएको छ । गत वर्ष कलेजका सबै कामका लागि रु एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको थियो ।
सरकारले यो कलेज सञ्चालनको प्रारुप मोडेलका बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको बताइएको छ । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण भने तीन वर्षअघिदेखि मात्रै शुरु गरिएको थियो ।
निर्माणस्थलमा अस्पताल, कलेज, दुई छात्रावास, प्रशासनिक भवन, चिकित्सक र कर्मचारीका लागि आवासगृहलगायतका २३ संरचना निर्माणधीन छन् । गेटा मेडिकल कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ ।

