काठमाडौं ।कोरोना संक्रमित पुरुषहरूको शुक्राणुमा भाइरस पाएपछि विज्ञहरुले शारिरीक सम्बन्ध बारे सतर्क र सजग रहन अनुरोध गरेका छन । यदि कोही कोरोनाको लक्षण भएका व्यक्ति देखिएमा यौन सम्बन्धबाट टाढा बस्नु पर्छ। कोरोना संक्रमणबाट स्वस्थ भए पछि पनि केहि दिनको लागि शारीरिक सम्बन्ध राख्नबाट पन्छिएकै उपयुक्त हुन्छ ।
थाईल्याण्डको रोग नियन्त्रण विभागका एक वरिष्ठ चिकित्सा विशेषज्ञका अनुसार, कोरोना रोगबाट निको भएपछि केही दिनसम्म मानिसहरूले यौन सम्पर्क गर्नु हुँदैन। चीनमा गरिएको एउटा अध्ययनले पनि शुक्राणुमा कोरोना भाइरस हुन सक्ने चेतावनी दिएको छ । कोरोनाको भाइरसहरू पनि बिरामीको शुक्राणुमा भेटिएको पाइएको छ । थाईल्याण्डको रोग नियन्त्रण विभागका विशेषज्ञ विरवत् मनोसुथी भन्छन् कोरोनाबाट स्वस्थ भए पछि चुम्बन गर्न केही दिन रोकिनु पर्छ। स्वस्थ भए पछि एक महिनासम्म यौन सम्पर्कबाट टाढा रहनुहोस् । कोरोनाबाट स्वस्थ भए पछि तकेहि व्यक्तिमा भाइरस पोेजेटिभ देखिएको छ । एक महिनापछि यौन सम्बन्ध राख्नु परेमा कन्डमको प्रयोग गर्नु पर्छ।निको भए पछि भाइरस केहि दिन शरीरमा हुन सक्दछ । यौन सम्पर्कबाट पनि संक्रमण फैलिन सक्छ।
प्रतिकात्मक तस्विर

