काठमाडौं । कोरोना भाइरस संक्रमणको चपेटामा काठमाडौं उपत्यका परेको छ । कोरोना भाइरस जोखिम न्युनिकरणकालागि सरकारले लक डाउन घोषणा गरिएको ५२ दिनमा उपत्यकामा तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।
पछिल्लो समय बाहिरि जिल्लाबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएपछि काठमाडौंका सर्वसाधारणमा त्रास बढेको हो । बैशाख ३१ गते गरिएको स्वाव परीक्षणमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र भक्तपुरमा दुई जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तराईका १६ जिल्ला बाहेक काठमाडौं र भक्तपुरमा कोरोना भाइरसका संक्रमितहरु भेटिएपछि सर्वसाधारमाण त्रास बढेको छ ।मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, मुलुकभर हालसम्म सय ५० जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
भक्तपुरमा कोरोना संक्रमण भेटिएका युवति आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन । त्यस्तै अर्का पुरुष सशस्त्र प्रहरीको नीलवाराहि गणमा कार्यरत सशस्त्र प्रहरी जवान हुन । २७ वर्षिय प्रहरी जवान बस्ने दुवाकोट क्षेत्र र युवतिले डेरा गरि बस्ने थिमि नगरपालिका — शंखधर चोकमा बुधबारदेखि सिल गरिएको छ । ती युवति सुनसरिको झुम्काबाट सोमबार मोटरसाईकलमा काठमाडौं आएको पाइएको छ । हाल उनीहरुको काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
तीनै जना संक्रमितमा कुनै लक्षण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । सरकारले लक डाउन घोषणा गरेपनि उपत्यका प्रवेशमा कडाई नगर्दा कोरोना भाइरस संक्रमणको त्रास बढेको हो । यस अघि चैत ९ मा कतारको दोहा हुँदै आएकी युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनी दोहा, कतारहुँदै स्वदेश आएकी थिइन । उपचार पछि ती युवति डिस्चार्ज भइसकेकी छिन ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा कोरोना संक्रमण पत्ता लागेको थियो । ती पुरुषकी आमा ८१ वर्षीया महिलाको पनि २ वैशाखमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको थियो । उनीहरु ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यस अघि चीनबाट फर्केका युवामा कोरोना भाइरस संक्रमण भएको पाईएको थियो । चीनको वुहानबाट फर्केका ती युवकको ९ माघमा कोरोना संक्रमण पत्ता लागेको थियो । उनी पनि अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन ।
जनस्वास्थ्यविद समीरमणि दीक्षितले काठमाडौं घनावस्ती भएको र बाहिरका व्यक्तिहरु भित्रने क्रमसँगै संक्रमण पनि भित्रिरहेको टवीटरमार्फत जनाएका छन । उनले प्रश्न गरेका छन, ‘राज्य के हेरेर बसिरहेको छ?
काठमाडौं उपत्यकामा भेटिए संक्रमित, सर्वसाधारण त्रासमा
काठमाडौं उपत्यकामा भेटिए संक्रमित, सर्वसाधारण त्रासमा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

