काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनालले काठमाडौँमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा नेपाली विशेषताको समाजवादी कार्यक्रम नामक दस्तावेज प्रस्तुत गर्दै नेपाली समाज र वर्गलाई पाँच भागमा विभाजन गरेका छन् ।
नेता खनालले २००७ सालदेखिको समिक्षा गर्दै लेखेका छन,’२००७ (१९५०) को राजनीतिक क्रान्तिपछि राजतन्त्र र व्यापक जनतावीचको अन्तर्विरोध नै प्रधान राजनीतिक अन्तर्विरोधका रूपमा नयाँ अन्तर्विरोध सामु आयो । स्वाभाविक रूपले त्यसपछि राजतन्त्र क्रान्तिको निशाना वन्न पुग्यो । २०१७(१९६०) मा अर्को प्रतिगामी परिर्तन भयो । त्यसपछि राजतन्त्र र निर्दलीय पंचायती व्यवस्था सँग आम जनताको अन्तविरोध प्रधान राजनीतिक अन्तर्विरोध बन्न पुग्यो । स्वाभाविक रूपले क्रान्तिको निशाना राजतन्त्र र निर्दलीय पंचायती व्यवस्था बन्न पुग्यो । ठिक त्यसरी नै २०४६ (१९९०) को परिवर्तनपछि पुन : राजतन्त्र र व्यापक जनतावीचको अन्तर्विरोध प्रमुख राजनीतिक अन्तर्विरोध बन्न पुग्यो र राजतन्त्र क्रान्तिको प्रमुख निशाना बन्न पुग्यो । त्यो प्रमुख निशानालाई हामीले २०६२\०६३ को क्रान्तिबाट समाप्त पार्यौ ।’

उनले दस्तावेजमा २०६२\O६३ को जनक्रान्तिपछि मुलुकको वस्तुगत स्थितिमा नै ठूलो परिवर्तन आएको उल्लेख गरेका छन् । ‘नेपाली समाजको वर्गिय संरचनामा ठूलो परिवर्तन आएको छ । हिंजो सामान्त वर्ग नेतृत्वदायि स्थानमा थियो । अहिले त्यो वर्ग समाप्त भएको छ । दलाल पूँजिपति वर्ग नेतृत्वदायि स्थानमा पुगेको छ’,खनालले भनेका छन,’हाम्रो देशमा पुंजीवादी जनवादी क्रान्ति सम्पन्न भएको पनि १८ वर्ष पुग्दैछ । यो वीचमा पुंजीवादी सामाजिक– आर्थिक ढाँचा हरेक प्रकारले सुदृढ बनेको छ । त्यो ढाँचाका हरेक क्षेत्रमा दलाल पुंजीवाद हावी बनेकै छ । आम जनताका हरेक हिस्सामा दलाल पुंजीवादी शोषण, दमन, उत्पीडन झनझन चर्को बनेको छ । मुठ्ठिभरका दलाल पुंजीवादी नायकहरूका हातमा राष्ट्रिय आय र संम्पति केन्द्रित हुँदै गैरहेको छ । गरिवीको रेखामुनी रहेका जनताको पङ्क्ति अझ विस्तार हुँदै गएको छ । आम किसान जनतामाथि समेत वित्तीय शोषण र श्रम शोषण झन चर्को बनेको छ । मिटर व्याजीहरूको उत्पीडनले किसानहरू बेघरबार बन्न समेत बाध्य भईरहेका छन् । देशको कृषि,उद्योग, शिक्षा, स्वाथ्य सबै क्षेत्रमा विकार र विकृतिहरू बढि रहेका छन्।’
समाजवादी क्रान्तिमा विभिन्न वर्गको भुमिका
आजको ठोस वर्गीय संरचना र विभिन्न प्रतिकृयावादी राजनीतिक शक्तिहरूको स्थिति यस्तो छ । यो विश्लेषणका आधारमा अव हामीहरू नेपाली समाजमा रहेका विभिन्न वर्गहरूको र तिनीहरूलाई प्रतिनीधित्व गर्ने राजनीतिक शक्तिहरूको भुमिका बारेमा ठोस धारणा निमार्ण गर्नसक्छौ । यसरी गरिने विश्लेषण मात्र माक्र्सवादी विश्लेषण हुन्छ । अन्यथा त्यो सतही मात्र होइन एक वा अर्को राजनीतिक गुटको नीहित स्वार्थका आधारमा गरिने विश्लेषण हुनपुग्छ ।
यसरी विश्लेषण गर्दा हामी सहज ढङ्गले निम्न निष्कर्षमा पुग्छौ

OOO

OOO

OOO

OOO

नेपाली समाजलाई समाजवादी समाजमा रूपान्तरण गर्ने हाम्रो ठोस कार्यक्रम निम्न बमोजिम हुनेछ ।
७. स्वास्थ्य व्यवस्था सम्बन्धमा
– स्वास्थ्य उपचार गर्न पाउनु र स्वास्थ्य जीवन बिताउन पाउनु प्रत्येक नेपाली नागरिकको मौलिक हक हो भन्ने कुरालाई ध्यानमा राखेर समाजवादी स्वास्थ्य नीतिको तर्जुमा गरिनेछ ।
– राज्यले केन्द्रदेखि सबै क्षेत्र, जिल्ला र स्थानीय तहमा सार्वजनिक क्षेत्रमा आधुनिक अस्पताल, स्वास्थ्य केन्द्रहरू र स्वास्थ्य चौकीहरूको स्थापना गर्नेछ । निजी क्षेत्रमा रहेका त्यस्ता संस्थाहरूलाई कानुन बमोजिम नियमन गर्नेछ र सम्पूर्ण जनतालाई स्वदेशमा नै उपचार सेवा उपलब्ध गराउन सकिने व्यवस्था गरिनेछ । आज उपचारकै क्रममा बाहिर गइरहेको अरबौं रूपैयाँलाई स्वदेशमै रोकिनेछ ।
– सम्पूर्ण जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क गरिनेछ । अपाङ्गता, १५ वर्ष मुनिका बालबालिकाहरू र जेष्ठ नागरिकहरूलाई सबै प्रकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराईनेछ ।
– नेपालमा आधुनिक एलोपेथिक उपचार प्रणाली, होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्ची, प्राकृतिक र परम्परागत उपचार प्रणालीलाई एकीकृत र समन्वयात्मक ढब्गले विकास गरिनेछ र जनतालाई सेवा उपलब्ध गराइनेछ । नेपालमा ठुलो जडीबुटीको भण्डार रहेको छ । जडीबुटीहरूको संरक्षण उत्पादन, प्रशोधन सेवालाई ठोस योजनाका साथ विकास गरिनेछ ।
– अहिले पनि हाम्रो देशमा बालबच्चाहरूको र सुत्केरी महिलाहरूको मृत्युदर निकै उच्च छ । खोपको व्यवस्था, उचित स्याहार र संहारको व्यवस्था, सेवा केन्द्रहरूको विस्तार, घुिम्त स्वास्थ्य सेवा र दक्ष जनशक्तिको शहरदेखि गाउँ बस्तीहरूसम्मको प्रभावकारी परिचालनमार्फत उक्त मृत्यु दरलाई शून्यमा झारिनेछ ।
– नेपाली समाजमा क्यान्सर, मृगौला रोग, मुटु रोग, उच्च रक्तचाप मधुमेह, दम, खोकीजस्ता घातक रोगहरू फैलिँद अवस्थामा छन्। त्यस्ता रोगका रोगीहरूका लागि स्वास्थ्य जाँच, रक्तपरिक्षण र औषधिहरूको व्यवस्थापन राज्यले निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था सुरुदेखिनै गरिनेछ । साथै जनताको खानपानमा बैज्ञानिक सुधार ल्याउन देशब्यापी अभियान सञ्चालन गरिनेछ ।
– देशका केन्द्रमा र प्रत्येक प्रदेशहरूमा पनि अत्याधुनिक डायग्नोसिस केन्द्रहरूको स्थापना गरिनेछ । केन्द्र र प्रदेशमा अत्याधुनिक उपकरणहरू र साधन सम्पन्न अस्पतालहरूको स्थापना गरिनेछ र सबै प्रकारका रोगहरूको स्वदेशमा नै उपचार गर्नसक्ने प्रबन्ध मिलाइनेछ ।
– सार्वजनिक क्षेत्रमा कार्यरत डाक्टर, नर्स, प्राविधिक स्वास्थ्यकर्मीहरू र कर्मचारीहरूको हित, हक र अधिकारको प्राथमिकताका साथ संरक्षण गरिनेछ, उनीहरूको पारिश्रमिक र भत्तालाई आवश्यकता र समयानुकुल बनाइनेछ ।
– आम जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने पदार्थहरूको उत्पादन र बिक्री वितरणमा कडाईका साथ नियमन गरिनेछ ।
– प्राथमिक र माध्यमिक तहका शिक्षादेखि नै स्वास्थ्य शिक्षालाई शैक्षिक पाठ्यक्रमको अभिन्न अङ्ग बनाइनेछ ।
– बालबालिकाहरूलाई व्यायाम, योग र मनोरञ्जनलाई आनो जीवनशैलीको अङ्ग बनाउन शिक्षित गरिनेछ । त्यसरी बढ्दो उमेरका किशोर किशोरीलाई यौन र प्रजनन सम्बन्धी आधुनिक शिक्षाको प्रबन्ध गरिनेछ र जनताको स्वास्थ्यलाई सुस्वास्थ्य बनाउनुका साथसाथै जन स्वास्थ्यको विकासलाई पनि राष्टिय जनसब्ख्या नीति अनुरूप व्यवस्थित र नियमन गरिनेछ ।
– आकस्मिक दुर्घटनाहरू, प्राकृतिक प्रकोपहरू, विभिन्न प्रकारले आइलाग्ने विपत्हरूबाट वर्षेनी मानिसहरू घाइते हुने गर्छन । त्यस्ता घाइतेहरूको राज्यले निःशुल्क उपचार गर्ने व्यवस्था हुनेछ । गाउँ गाउँसम्म पनि एम्बुलेन्सको सेवा उपलब्ध गराइनेछ ।
– स्वास्थ्य उपचारको तरिका र औषधिहरूका बारेमा गरिने खोज र अनुसन्धान कार्यलाई राज्यले प्रोत्साहित गर्नेछ । नयाँ ढङ्गले बिकसित भैरहेका उपचार बिधिहरूलाई क्रमशः प्रयोगमा ल्याईनेछ ।

