अभियोग विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को व्यवस्था हेर्दा “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने छ ।” भन्ने उल्लेख छ । रिट निवेदकको हकमा यस कानून आकर्षित हुने हो, होइन भनी हेर्दा ऐनको उल्लिखित व्यवस्थाले कुनै व्यक्तिले विद्युतीय सञ्चार माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्नेलगायतका अमर्यादित कार्य गर्न वा गर्न लगाउने कार्यसमेतमा बन्देज लगाएको देखिन्छ ।
महिलालाई जिस्क्याउने, हैरानी गर्ने..
महिलालाई जिस्क्याउने, हैरानी गर्ने..
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

