काठमाडौं, क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपालको अधिवेशनले विमला श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कविता सिटौला चयन भएकी छिन् । यसैगरी महासचिवमा प्रभा गौतम, कोषाध्यक्षमा मन्जु डोटेल, सह सचिवमा साल्पा अमात्य र सह कोषाध्यक्षमा सविना पाठक चयन भएकी छिन् ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा बरुणा पौडेल, निशा भण्डारी, परिस्मा ताम्राकार र सविता श्रेष्ठ छिन् ।
क्रिटिकल केयर नर्सेस एशोसिएसन क्रिटिकल केयरमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धि गर्दै क्रिटिकल केयर सेवाको विकासका लागि काम गर्ने संस्था हो । एसोसिएसनमा हालसम्म १९६ जना क्रिटिकल केयर नर्स आजीवन सदस्य रहेका छन्।

