सिरहा : सीके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको छ । सरकारस“ग ११ बु“दे सम्झौता गरेपछि सिरहाको लहानमा भएको राष्ट्रिय परिषद् बैठकले नया“ पार्टीको नाम टुंगो लगाउ“दै राउतलाई अध्यक्ष चुनेको हो । दुई दिन ( २०७५ चैत ३ र ४ गते सम्म )चलेको बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न संविधानभित्र रही दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।
परिषद् बैठकले गठन गरेको ३५ सदस्यीय केन्द्रीय समितिमा कैलाश महतो (महोत्तरी), राजकुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरङ), सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजित यादव (धनुषा), सञ्जय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही) छन् । वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), सञ्जय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रूपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बा“के), महेन्द्रप्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुनसरी) पनि केन्द्रीय सदस्य भएका छन् । बा“की १० सदस्यहरू महिला, दलित, जनजाति, अल्पसंख्यकसहितको प्रतिनिधित्व हुने गरी मनोनीत गर्न पार्टी अध्यक्षलाई जिम्मा दिइएको छ ।
सरकारस“गको सम्झौता कार्यान्वयन गर्दै तत्कालीन गठबन्धनका समर्थकमाथि लगाइएका मुद्दा अविलम्ब फिर्ता गराउनका लागि छिटो पहल गर्न पार्टीका तर्फबाट केन्द्रीय सदस्य चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । परिषद् बैठकले पार्टीको चुनाव चिह्नमा अष्टदल राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने जनाएको छ । ‘जनताको एजेन्डा छाडेका छैनौं,’ परिषद् बैठकमा सहभागी अरविन्द सहनीले भने, ‘जनताले जे चाहन्छन्, त्यही निर्णय महत्वपूर्ण हुने हो ।’ अर्का सहभागी विष्णु चौधरीले पार्टी जनमत जुटाउन जनतासमक्ष जाने र जनमतकै आधारमा जनताको हकहित तथा अधिकार संवैधानिक रूपमा स्थापित गर्न अनवरत संघर्ष गर्ने बताए । सरकार र राउतबीच गत फागुन २४ गते सम्झौता भएको थियो । ६ वर्षदेखि स्वतन्त्र मधेसका पक्षमा आन्दोलन गर्दै आएको गठबन्धनले यसअघि जनमत संग्रहको माग गरेको थियो ।
OOO
राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् । बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । उसले स्वतन्त्र मधेसका साथै जनमत संग्रहकाे मागसमेत परित्याग गरेको छ ।
कोको परे केन्द्रीय समितिमा ?
राष्ट्रिय परिषद बैठकले सिके राउतको नेतृत्वमै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर रहेका छन् भने महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह छानिएका छन् ।
त्यसैगरी सिरहाका राजकुमार यादव र सतिला यादव पनि केन्द्रीय सदस्य बनेका छन् । बर्दियाका अब्दुल खान र झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् ।
त्यस्तै मोरंगका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित, धनुषाका इन्द्रजीत यादव, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह र बाराका दिनेश यादवलाई केन्द्रीय सदस्य बनाइएको छ ।
त्यसैगरी ३५ सदस्यीय केन्द्रीय कमिटीमा पर्साका सञ्जय साह, नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दांगका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र सुनसरीका आशा मेहता छन् ।
परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिनेछ । उक्त पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरिएको छ । पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ । जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिकै रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्ष गर्ने प्रतिवद्धता बैठकले गरेको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्ति मार्फत जनाएका छन् ।
सिरहाको लहानस्थित मारबाडी सेवा सदनमा आइतबारदेखि शुरु भएको बैठकमा कार्यकर्तालाई मोवाइल बोक्न निषेध गरिएको थियो । बैठक अवधिभर खाने, बस्ने व्यवस्था सेवासदनभित्रै गरिएको थियो ।
बैठकले कार्यकर्तालाई नागरिकता बोक्न लगाइएका कारण पार्टी दर्ताका निम्ति रहेको ती पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।
के-के भए निर्णय ?
सिके राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन ।
पार्टीको निर्णय हेर्दाखेरि अब स्वतन्त्र मधेस गठबन्धनसँगै पृथकतावादी मागको औपचारिकरुपमा पटाक्षेप भएको छ ।
बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न भन्दै नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरेको छ ।
स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन मिति बनाइएको सो पार्टीले जनाएको छ ।
प्रहरी हिरासतमा मारिएका बाँकेका जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ती तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउन पहल गर्न समितिलाई नै जिम्मेबारी दिइएको छ ।
पञ्चकन्याबाट राष्ट्रिय गान गाउँदै सिके राउतको बैठक सुरु, नागरिकता अनिवार्य !
सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लाहानमा सुरु गरिएको छ ।
रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो । सिरहाको लहानमा आइतबार अपरान्ह शुरु भएको दुई दिने बैठकका सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ ।
नेपाली नागरिकता प्रमाणपत्र देखाएर मात्रै बैठक हलमा प्रवेश गराइएको प्रत्यक्षदर्शी पत्रकार वीरेन्द्र केएमले जानकारी दिए । डा. सिके राउतले स्वतन्त्र मधेसको एजेण्डा नछाडेको भनेर आलोचना भइरहेका बेला बैठकमा राष्ट्रिय गान र नागरिकता अनिवार्य गरेर पृथकतावादी अभियान त्यागेको सन्देश दिन खोजिएको स्रोतले जनाएको छ ।
दुई दिन चल्ने बैठकले भावी रणनीति तय गर्नेछ ।
यसैवीच गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा सम्वोधन गर्दा अब सिके राउतले ‘स्वतन्त्र मधेस गठबन्धन’ नाम फेर्नुपर्ने बताइसकेकाले पार्टीको नामका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

