गुलरिया– प्रतिनिधिसभा १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिँचाइमन्त्री सञ्जयकुमार गौतमबीच चुनावी प्रतिस्पर्धा छ । साविकको तीन क्षेत्र भएको जिल्लामा अहिले दुई मात्र छ । दुवै जना आफ्नो साख जोगाउने होडबाजीमा छन् । तीन दशकदेखि जिल्लाको राजनीतिमा क्रियाशील वामदेव २०४८ सालदेखि चुनावी मैदानमा छन् । यो क्षेत्र उनको उम्मेदवारी छैटौं पटक हो । स्थानीय निर्वाचनको आधारमा वाम गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनको भन्दा धेरै फरक भएकाले पनि उनी ढुक्क भएका हुन् । कतिपयले उनीविरुद्ध विगतका चुनावमा दिएको आश्वासन पूरा नगरेको आरोप लगाउने गरेका छन् । प्रजातन्त्रपछि संसदीय निर्वाचनमा जमिनदारीविरुद्ध ‘जसको जोत उसैको पोत’ भन्ने नाराले वामदेवले निम्न वर्गको साथ पाएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले कृषिको व्यवसायीकरण, उद्योगको विस्तार र सडक निर्माणलाई मुख्य एजेन्डा बनाएका थिए । मतदाताले उनले आफूले गरेको वाचा पूरा नगरेको आरोप लगाउने गरेका छन् । उनी भने बहुमतको सरकार नभएकाले वाचा गरेका सबै काम पूरा गर्न नसकेको बताउँछन् । यसपटक भने उनले विकास योजनाबारे जे बोलेको छु, त्यसलाई रेकर्ड गरेर राख्न मतदातालाई आहवान गरेका छन् । ‘राजनीतिक अस्थिरता र सत्ताको खेलले विकास पछि पर्यो,’ उनी भन्छन्, ‘अब त्यस्तो हुँदैन ।’ उनले बबई सिँचाइ आयोजना आफूले ल्याएको उल्लेख्य विकासका रूपमा प्रस्तुत गर्दै आएका छन् । यसअघि भएका ५ निर्वाचनमध्ये उनी २०५६ मा कांग्रेसकी काशी पौडेलसँग र २०६४ मा माओवादीकी सरला रेग्मीसँग पराजित भएका थिए । वामदेव २०७० मा भने निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी कांग्रेसका सञ्जय बहालवाला मन्त्रीका रूपमा चुनाव प्रचार गरिरहेका छन् । उनले वामदेवले विकासे काम गर्न नसकेको नारा अघि सारेका छन् । उनले बबई, भादा र ओराही नदी व्यवस्थापन, रम्मापुर–रजौनवा सडक कालोपत्रे, ओराही नदीमा पुललगायतका विकासे योजना आफ्नो पहलमा भएको दाबी गर्दै मत माग्ने गरेका छन् ।
बहालवाला मन्त्रीलाई गौतमको चुनौती
बहालवाला मन्त्रीलाई गौतमको चुनौती
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

