काठमाडौं ()– फौजदारी अभियोगमा विशेष अदालतबाट सजाय पाएका माओवादी केन्द्रका शिवपूजन राय सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको उम्मेदवारीविरुद्ध परेको उजुरीमा निर्वाचन आयोग मौन छ । जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयदेखि आयोगसम्म उजुरी परेको छ । तर, त्यसबारे आयोगले कुनै निर्णय लिएको छैन ।
पहिलो संविधानसभामा सदस्य रहेका राय कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन् । उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
विशेष अदालतले २०७२ साउन २६ गते कूटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको अभियागमा रायलाई ४ महिना कैद र १५ हजार रुपैया जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।
जिल्लास्थित निर्वाचन कार्यालयले रायविरुद्ध उजुरीउपर निर्णय लिने सम्बन्धमा केन्द्रमै पत्राचार गरेको छ ।
पहिलो संविधानसभामा साबिक निर्वाचन क्षेत्र सर्लाही ६ मा संघीय समाजवादी फोरमबाट सभासद निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए । यतिबेला उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।
स्रोतअनुसार रायको उम्मेदवारी खारेज गर्नुपर्ने पक्ष र विपक्षमा आयोगमाथि दबाब छ । निर्धारित समयभित्र उजुरी नपरेको भन्दै यस मुद्दालाई गम्भीरतापूर्वक नहेरिएको दाबी स्रोतले गरेको छ । तर, आयोगले यस सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन ।
तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेलविरुद्ध बागी गोविन्दराज जोशीको उम्मेदवारी भने आयोगले खारेज गरिसकेको छ । उनले पनि विशेषबाटै भ्रष्टाचारमा सजाय पाएका थिए ।2074,07-22
दोषी पनि उम्मेदवार
दोषी पनि उम्मेदवार
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

