काठमाडौं – पछिल्लो समय आँखा दान गर्नेको संख्या बढ्दै गएको पाइएको छ । राजधानीको गौशालास्थित तिलगंगा आँखा प्रतिष्ठानबाट यस वर्ष मात्रै आठ सय ५७ ले आँखा दान गरेका छन् । अघिल्लो वर्ष प्रतिष्ठानले सात सय ९ जनाबाट दानस्वरूप आँखा प्राप्त गरेको थियो । हरेक वर्ष एक हजार जनाबाट आँखा दान लिने लक्ष्य लिएको प्रतिष्ठानको आँखा बंैकका व्यवस्थापन प्रमुख पंखनारायण त्वाएनाले बताए ।
अस्पतालको आँखा बंैकमा हालसम्म ७६ हजारले आँखा दानका लागि इच्छापत्र जाहेर गरेका छन् । त्वाएना भन्छन्, ‘इच्छापत्र दिनेको संख्या दोब्बरले बढेको छ, हामीले परामर्श दिएकामध्ये ४८ प्रतिशत मृत्युपश्चात आँखा दान गर्न तयार छन् ।’ यसबाहेक बंैकले राजधानीका ठूला सरकारी वीर, शिक्षण र पाटन अस्पतालबाट मृत व्यक्तिबाट आँखाको नानी संकलन गरिरहेको छ । ती अस्पतालले आफंै पनि यसबारे चेतना फैलाउने काम गर्दै आइरहेका छन् । त्यस्तै, पशुपति आर्यघाट, विद्युतीय शवदाह गृहबाट पनि बैंकले आँखानानी जम्मा गर्दै आइरहेको त्वाएनाले जानकारी दिए । ‘यसका लागि आँखा बंैकबाट छुट्टै परामर्शदाता खटाएको छ, उनीहरूले मृतक परिवारलाई आँखादानबारे परामर्श र जानकारी दिन्छन्, ‘उनले भने, ‘परामर्शले गर्दा आँखादानीको संख्या वृद्धि गराएको हो ।’ विद्युतीय शवदाह गृहका कारण मात्रै आँखादानको संख्यामा एक तिहाइ वृद्धि भएको त्वाएनाले बताए ।
नेपालमा धार्मिक मूल्यमान्यताका कारण मानिसलाई आँखा प्रत्यारोपणबारे बुझाउन अप्ठेरो हुने आँखा चिकित्सक बताउँछन् । अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ भन्छिन्, ‘धेरैभन्दा धेरैलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित र गराउन सकिएमा, नानीका कारण दृष्टिविहीन हुनु परेकाले संसार देख्न पाउने थिए, यसलाई सरकारले अभियानका रूपमा अघि बढाउन सघाए हुन्थ्यो ।’ प्रतिष्ठानकी आँखा विशेषज्ञ डा. लिना बर्जाचार्य भन्छिन्, ‘बर्सेनि लाखौं आँखा माटो र आगोमा खेर गइरहेका छन्, यता अस्पतालमा भने दाताका अभावका कारण आँखाको नानी फेर्न सेवाग्राहीले कुर्नुपर्ने अवस्था छ ।’ बर्सेनि हजारांैको संख्यामा आँखादान गर्ने इच्छापत्र आए तापनि वास्तविक आँखादान निकै कम आउने गरेको त्वाएनाले बताउँन् । ‘इच्छाएका व्यक्तिको मृत्यु खबर निकै कम आउँछ, ती व्यक्तिको मृत्युबारे कुरा पनि आउँदैन,’ उनले भने ।
सरकारले गरेको अन्धोपन सर्वेक्षणअनुसार नेपालमा प्रतिहजार व्यक्तिमध्ये एक जना दृष्टिविहीन छन् । उक्त सर्वेक्षणअनुसार हाल विश्वमा प्रत्येक सेकेन्डमा एक जनाले दृष्टि गुमाइरहेका छन् । ‘आँखा दानलाई सामाजिक संस्कार बनाउन सके दानीको संख्या बढ्छ, दृष्टिविहीनले संसार देख्न पाउँछन्,’ त्वाएनाले भने । हाल नेपालमा ४ करोड ५० लाख व्यक्ति दृष्टिविहीन छन्, यसमध्ये ८ प्रतिशत आँखाको नानी बिग्रेकै कारण अन्धोपनको सिकार भएका छन् । नानीका कारण बिग्रेको आँखा धेरै हदसम्म रोकथाम गर्न सकिने डा. बज्राचार्य बताउँछिन् । एचआईभी, हेपाटाइटिस र क्षयरोगजस्ता सरुवा रोगी तथा आँखा पाक्ने रोग भएका र क्यान्सरका बिरामीबाहेक अन्य सबैले आँखा दान गर्न मिल्ने उनले बताइन् ।
आँखाको नानीको खराबीका कारणले दृष्टिविहीन हुनेमा बालबालिका र युवा छन् । त्यस्तै कृषक, बाटो तथा घर निर्माण गर्ने मजदुर बढी यसको जोखिममा छन् । डा. बज्राचार्य भन्छिन्, ‘आँखामा चोटपटक लाग्ने बित्तिकै उपचार गर्नुपर्छ, चोटपटक लागेर पाकेको आँखा पाकिरहन्छ, संक्रमण बढदै गई दृष्टिविहीनसम्म बनाउन सक्छ ।’ जोखिममा रहेका वर्गले सुरक्षित चस्मा लगाएर आँखामा चोटपटक लाग्नुबाट बचाउनुपर्ने उनको सुझाव छ । मृत्यु भएको आठदेखि १२ घण्टाभित्र दान भएको आँखा मात्रै काम लाग्ने आँखा प्रत्यारोपण विशेषज्ञहरू बताउँछन् । ३० वर्ष पुरानो बैंकले सुरुको अवस्थामा
आँखाको नानी विदेशबाट झिकाएर प्रत्यारोपण गथ्र्यो अहिले देशभित्रकै दाताबाट आँखाका नानी संकलन गरी देशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध गराएको डा. गुरुङले बताइन् ।
आँखा दान गर्ने बढे
आँखा दान गर्ने बढे
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

