काठमाडौँ, । तिलगंगा आँखा प्रतिष्ठानमा २० औँ जलबिन्दु सचेतना सप्ताह सुरु भएको छ। ‘सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस्’ भन्ने नाराका साथ प्रतिष्ठान अन्तर्गतको नेपाल जलबिन्दु आँखा क्लिनिकले आइतबारबाट २० औँ जलबिन्दु सचेतना सप्ताह सुरु गरेको हो।
यो सप्ताह फागुन २८ गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार सप्ताहमा देशका विभिन्न भागबाट आएका आँखाका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र जलबिन्दु सम्बन्धी विभिन्न जानकारी तथा परामर्श प्रदान गरिनेछ बताइएको छ।
प्रतिष्ठानका अनुसार सन् २००४ देखि सुरु भएको यस साताव्यापी सचेतना कार्यक्रममा अहिलेसम्म करिब ६ हजार सेवाग्राहीले सेवा लिइसकेका छन्।
यस्तै वार्षिक रुपमा चार पटक जलविन्दु सम्बन्धि बिरामीलाई शिक्षा दिने उद्देश्यले कक्षा सञ्चालन गर्दै आएको छ। जलबिन्दुको बिरामीले कम्तीमा ६–६ महिनामा जाँच गुर्नपर्ने हुन्छ।
अशक्त तथा आर्थिक अवस्थाकोे कारणले गर्दा उपचारबाट बञ्चित हुन परेको बिरामीहरुको प्रतिष्ठानकै जलविन्द सपोर्ट गुरुपले निःशुल्क जाँच तथा उपचार गर्ने गरेको प्रतिष्ठानले उल्लेख गरेको छ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत नेपाल जलविन्दु आँखा क्लिनिकले जलविन्दु रोग सम्बन्धि चेतना जगाउने साथै जाँच तथा उपचार उपलब्ध गराउने उद्देश्यले यहि फाल्गुण २२ गतेदेखि २८ गतेसम्म सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस् भन्ने नाराका साथ २० औं जलबिन्दु सचेतना सप्ताह २०७८ संचालन गरिरहेको छ ।
विश्व जलविन्दु सप्ताह अन्तर्गत यस सचेतना सप्ताह संचालन भईरहेको हो ।सप्ताहमा मुलुकका विभिन्न क्षेत्रबाट आएका नयाँ तथा पुरानो गरेर बिरामीको जाँच तथा उपचार प्रदान गरिनेछ । साथै जलबिन्दु सम्बन्धि विभिन्न जानकारी तथा परामर्श प्रदान गरिनेछ । साथै यससम्बन्धी रेडियो तथा भिडियो सार्वजनिक सेवा संदेश सामाजिक संचाल तथा रेडियोहरुबाट प्रसारण गरिनेछ । सन् २००४ देखि शुरु भएको यस साताव्यापी सचेतना कार्यक्रममा अहिलेसम्म करिव ६ हजार सेवाग्राहीहरुले सेवा लिइसकेका छन् । यस प्रतिष्ठानले हरेक वर्ष ४ पटक जलविन्दु सम्बन्धि बिरामीलाई शिक्षा दिने उद्देश्यले कक्षा संचालन गर्दै आएको छ । जलबिन्दुको बिरामीले कम्तिमा ६–६ महिनामा जाँच गुर्नपर्ने हुन्छ । अशक्त तथा आर्थिक अवस्थाकोे कारणले गर्दा उपचारबाट बञ्चित हुन परेको बिरामीहरुको प्रतिष्ठानकै जलविन्द सपोर्ट ग्रुपले निःशुल्क जाँच तथा उपचार गर्ने गरेको छ ।
जलविन्दुु युुनिटका प्रमुुख तथा जलविन्दुु विशेषज्ञ डा. इन्दिरा पौडलेका अनुसार , “ हाम्रो आँखाको गेडी भित्र मध्य भागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एकयुसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडी भित्र नै थुनिइ आँखा भित्रको चापमा वृद्धि भई जलबिन्दु भन्ने रोग लाग्दछ । आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पारी दृष्टि क्षमतालाई पछिबाट उपचारै नलाग्ने गरी दृष्टिविहिन बनाउने रोगलाई जलविन्दु भनिन्छ । विश्वभरिमै दृष्टिविहिन गराउने प्रमुख रोगहरु मध्ये यो दोश्रोमा पर्दछ । यो रोग विशेष गरेर परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रुपमा ,४० वर्ष उमेर भन्दा माथिकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिहरुलाई जलविन्दुको खतरा हुन सक्छ । धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर यसलाई क्ष्भिलत त्जष्भा या क्ष्नजत पनि भन्ने गरिन्छ । यसले बुढा बच्चा कोही भन्दैन जो कोहीलाई पनि लाग्न सक्छ । ”
अन्तराष्ट्रिय रुपमा १२ मार्च लाई विश्व जलबिन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोश्रो साता लाई जलबिन्दु सप्ताहको रुपमा मनाईन्छ । नेपालमा सन् २०११ मा गरिएको अनुसार कुल अन्धोपन मध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ ।
यदि समयमै यसको पहिचान भई उपचार गर्न सकेमा रोकथाम गर्न सकिन्छ । ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच तथा परिक्षण गर्नुपर्दछ ।
हाल जलविन्दुको अन्तराष्ट्रिय स्तरको सम्पूर्ण उच्च प्रविधिको उपचारहरु तिलगंगामा उपलब्ध छन । यस सम्बन्धि थुप्रै अध्ययन अनुसन्धानहरु भइरहेका छन् । साथै यस सम्बन्धि विभिन्न मुलुकबाट तालिम तथा शिक्षाको लागि मेडिकल विद्यार्थीहरु आउने गरेका छन् ।
थप जानकारी
जलविन्दु पुनःदृष्टि प्राप्त गर्न नसकिने अन्धोपना हो ।
४० वर्ष माथिको उमेर समुहमा प्रत्येक २०० मा १ जनालाई जलविन्दु हुन्छ जुन ८० वर्षको उमेर भित्रमा प्रत्येक ८ जनालाई हुने गर्दछ ।
वृद्ध, महिला र अल्पसंख्यक समुह यसको बढी जोखिममा छन् ।
परिवारमा कसैलाई जलविन्दु छ भने वंशानुगत रुपमा परिवारको सदस्यलाई हुने सम्भावना अधिक हुन्छ ।
विश्वसँग सम्बन्धित डाटा
सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलविन्दु हुने अनुमान गरिएको छ ।
९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ ।
१ अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।
के हो जलबिन्दु ?
प्रतिष्ठानको जलबिन्दु युनिटका प्रमुुख तथा जलविन्दु विशेषज्ञ डा. इन्दिरा पौडलेका अनुसार आँखा भित्रको चापमा वृद्धि भएर दृष्टि नशालाई नराम्रो असर गर्ने र दृष्टि क्षमतालाई पछिबाट उपचारै नलाग्ने गरी दृष्टिबिहीन बनाउने रोगलाई जलबिन्दु भनिन्छ।
विश्वभरमै दृष्टिविहीन गराउने प्रमुख रोगमध्ये यो दोसाे पर्दछ। ‘आँखाको गेडी भित्र मध्य भागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ।’ उहाँले भन्नुभयो, ‘ एकयुसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडी भित्र नै थुनिएर आँखा भित्रको चापमा वृद्धि भएर जलबिन्दु रोग लाग्छ।’
जलबिन्दु हुनुको कारण
डा. पौडेलका अनुसार यो रोग विशेष गरेर परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रुपमा, ४० वर्ष उमेर भन्दा माथिकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिलाई जलबिन्दुको खतरा हुन सक्छ। धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर यसलाई ‘दृष्टिको मौन चोर’ पनि भन्ने गरिन्छ।
जलबिन्दुको तथ्यांक
नेपालमा सन् २०११ मा गरिएको रेपिड एसिसमेन्ट ‘अभ्वाइडेवल ब्लाइन्डनेश सर्भे’का अनुसार कुल अन्धोपनमध्ये ५ प्रतिशत जलबिन्दुको कारणले हुने गरेको देखाएको छ।
यदि समयमै यसको पहिचान भएर उपचार गर्न सकेमा रोकथाम गर्न सकिने चिकित्सक बताउँछन्। ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहन्छ। त्यसैले समयमै जाँच तथा परीक्षण गर्नुपर्दछ।
४० वर्ष माथिको उमेर समूहमा प्रत्येक २०० जनामध्ये एक जनालाई जलबिन्दु हुन्छ। त्यस्तै ८० वर्षको उमेर भित्रमा प्रत्येक ८ जनालाई हुने गर्दछ। वृद्ध, महिला र अल्पसंख्यक समूह यसको बढी जोखिममा छन्। परिवारमा कसैलाई जलबिन्दु छ भने वंशानुगत रुपमा परिवारको सदस्यलाई हुने सम्भावना अधिक हुन्छ।
विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलबिन्दु हुने अनुमान गरिएको छ। हाल ९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ। एक अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन्। अन्तर्राष्ट्रिय रुपमा १२ मार्चलाई विश्व जलबिन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोश्रो सातालाई जलबिन्दु सप्ताहको रुपमा मनाइन्छ।

