काठमाडौं । कोरोना संक्रमितको उपचार गर्दै आएका काठमाडौंस्थित चारवटा ठूला अस्पतालले अब उपचार गर्न नसकिने जनाएका छन् ।
मेडिकेयर अस्पताल लिमिटेड,नेपाल भारत मैत्री अस्पताल,दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिँग हेण्डस सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति निकालेर बाध्यता दर्शाएका छन् ।
उपचारकालागि मेडिकल अक्सिजन ग्याँसको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण उपचार गर्न नसकिएको जनाएका छन् ।
अक्सिजनको नियमित आपूर्ति नभएसम्मको लागि सीमित शैया मात्र संचालनमा ल्याई सेवा प्रदान गर्न सकिने ती अस्पतालले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
कोरोना संक्रमितको उपचार गर्न नसक्ने ‘बाध्यता’
कोरोना संक्रमितको उपचार गर्न नसक्ने ‘बाध्यता’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

