नेपालगञ्ज । भारतको गुजरातबाट रोजगारी गरि घर फर्किएका रोल्पाका एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लिवाङ घर फर्किएका ती युवाको जमुनाहा नाकामा शुक्रवार एन्टिजेन परीक्षण गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले युवामा ज्वरो, रुघाखोकी लगायतका लक्षणहरु देखिएको बताए ।
३० वर्षिय ती युवामा देखिएको संक्रमण भारतमा देखिएको डबल म्युटन्ट (दोहोरो उत्परिवर्तन) भाइरस हो÷होइन परीक्षणकालागि नमूना संकलन गरिएको छ । उक्त नमूना थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने भएको छ । उनलाई अहिले स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर होमआइसोलेसनमा बस्नेगरी एम्वुलेन्समार्फत रोल्पा पठाउने तयारी भइरहेको छ । यस अघि कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग, इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडि) ले जनाएको छ ।
महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन् । उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन् ।
भारतबाट फर्किएका अर्का युवकमा पनि कोरोना संक्रमण
भारतबाट फर्किएका अर्का युवकमा पनि कोरोना संक्रमण
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

