काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आफू पूर्ण प्रेस स्वतन्त्रताको हिमायति भएको उल्लेख गर्दै न्युज सेन्सेसनका निम्ति अदालतको हुर्मत लिने गरि समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।
राष्ट्रिय न्यायिक प्रतिष्ठानले सञ्चारकर्मीहरुसँग बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश राउतले अदालतको मर्यादा र गरिमा भत्कने गरि समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।‘म पूर्ण प्रेस स्वतन्त्रताको हिमायति हुँ । आवश्यक परेको बेलामा कलमको सम्मान र संरक्षण गर्न तयार छुँ,’ प्रधान न्यायाधीश राउतले थपे,‘अदालतको बारेमा टिकाटिप्पणी नहोस भन्ने होइन । आलोचना नहोस भन्ने पनि होइन । तर नभएको सत्य र तथ्य उजागर गरेर अदालतको हुर्मत नलिनुहोस । न्युज सेन्सेसनको मोहमा अदालतको मर्यादा र गरिमा भत्कने काम भएमा अदालत टुलुटुलु हेरेर बस्न मिल्छ ?’
प्रधान न्यायाधीश राउतले अदालतप्रतिको विश्वास र भरोसा भएका कारण मुद्दाको चाप बढेको उल्लेख गर्दै आम जनतालाई न्यायको अनुभूत गराउने पवित्र उद्देश्यले काममा न्यायाधीश र कर्मचारी खटिरहेको बताए ।
पूर्ण प्रेस स्वतन्त्रताको हिमायति हुँ : प्रधान न्यायाधीश राउत
पूर्ण प्रेस स्वतन्त्रताको हिमायति हुँ : प्रधान न्यायाधीश राउत
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

