काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा बुधबार बिहान ११ :२५ बजे निधन निधन भएको छ । केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको थियो ।गत असोज १४ गते मस्तिष्कघात भइ थापाथालीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा बल्लभको निधन भएको हो ।
बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जनाएका छन् । बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
आइतबार बिहान उठ्न खोज्दा अचानक ढलेपछि उनलाई अन्नपूर्ण अस्पताल पुर्याइएको थियो।
गीतकार वल्लभकी कान्छी छोरी भावना भट्टराईका अनुसार ‘प्रेसर स्ट्रोक’ भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकले अझै केही दिन अस्पतालमा राखी उपचार गर्नुपर्ने जानकारी दिएका छन्।
विद्वान् पण्डित मुरलीधर भट्टराईका कान्छा छोरा विश्व वल्लभ काठमाडौँमा जन्मिएका हुन्। नुवाकोटमा शिक्षक हुँदादेखि नाटक लेखन, निर्देशन थालेका वल्लभ २०१६ सालमा रेडियो नेपाल सेवामा प्रवेशपछि गीतकारका रूपमा स्थापित भएका हुन्।
रेडियो प्रवेशपछि नाटक लेखनसँगै रेडियो पत्रकारितामा सव्रिmय वल्लभको गीत ‘पसलबाट बिकिसकेको म एउटा मान्छे’ पहिलो पटक मदनकृष्ण श्रेष्ठले गाएका थिए।
२०२० को दशकदेखि गीतकारका रूपमा स्थापित वल्लभका ‘भाग्यले खुसी खोसेर लग्यो बदला लिएर’, ‘तिम्रो हाम्रो जिन्दगानी’, ‘तिम्रो पत्र पाएको थिएँ’, ‘जहाँ जान खोज्छु ठक्कर खान्छु’, ‘मैले त एउटा’ लगायत दर्जनौँ गीत छन्।
उपचाररत गीतकार वल्लभलाई गीतकार सङ्घका तर्फबाट एक लाख २० हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ।
सो रकम वल्लभका छोरीद्वय विजय राणा र भावना खुलाल भट्टराईलाई हस्तान्तरण गरिएको जनाइएको छ। गीतकार वल्लभलाई गीतकार सङ्घका तर्फबाट एक लाख २० हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ । सो रकम वल्लभका छोरीद्वय विजय राणा र भावना खुलाल भट्टराईलाई हस्तान्तरण गरिएको जनाइएको छ । सो रकम गीतकार किरण खरेल, राजेन्द्र थापा, डा. भोला रिजाल, एसपी कोइराला, चूडामणि देवकोटा, अमर बान्तु, भूषण खरेल, गौरव गुरुङ, सरला श्रेष्ठ, गायक कल्याण रिमाल एवं समाजसेवी लिना रेग्मीको सौजन्यमा प्राप्त भएको जनाइएको थियो।

