प्रतिसेयर आम्दानी (ईपीएस, अर्निंग पर शेयर) :
प्रतिशेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ । कुनै पनि कम्पनीको निश्चित अवधिको व्यावसायिक र वित्तीय स्वास्थ्य बताउने सबैभन्दा प्रचलित र भरपर्दो मानक नै ‘ईपीएस’ अर्थात् प्रतिसेयर आम्दानी हो।
ईपीएस बढी भएका अर्थात २० भन्दा बढी भएको राम्रो मानिन्छ । ईपीएस घट्दा पीई बढ्छ। सबैभन्दा ठूलो प्रश्न, ईपीएस कति शुद्ध, कति विश्वसनीय र कति निरन्तर छ ? भन्ने पनि तुलनात्मक रूपमा हेर्न जरुरी छ।
दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानी अधिक भएको कम्पनी छनौट गर्नुपर्दछ । प्रतिसेयर आम्दानी अधिक भएको कम्पनीले बोनस पनि अधिक दिन्छ । तर, कुनै एक दुई बर्षमा प्रतिसेयर आम्दानी धेरै हुँदैमा त्यो कम्पनी राम्रो मान्न सकिन्न। कम्पनी राम्रो हुन प्रतिसेयर आम्दानीको ट्रेन्ड बढदो क्रममा हुनुपर्छ । प्रतिसेयर आम्दानी बढदो ट्रेन्डमा छ भने कम्पनीको आम्दानी पनि बढदो क्रममा छ भन्ने बुझिन्छ । आम्दानी बढ्दो अबस्थामा भएको कम्पनीको सेयरमूल्य बढछ भने बोनस पनि धेरै दिने सम्भावना हुन्छ । प्रतिसेयर आम्दानी र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ, प्रतिसेयर आम्दानी बढ्दै जादा कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ । प्रतिसेयर आम्दानी घटदै जादा कम्पनीको सेयरमूल्य पनि घट्दै जान्छ । त्यसकारण दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रत्येक वर्ष प्रतिसेयर आम्दानी बढाउँदै लगेको कम्पनी छनौट गर्नु सेयर लगानीको दृष्टिकोणले सुरक्षित मानिन्छ । सामान्यतया प्रतिसेयर आम्दानी रु २० भन्दा माथि भएको कम्पनी राम्रो मानिन्छ ।
ईपीएसले कम्पनीको सञ्चालक र व्यवस्थापनको व्यावसायिक र व्यवस्थापकीय क्षमतालाई अंकमा व्यक्त गर्छ। व्यावसायिक अवस्था, कर्मचारीको उत्पादकत्व, चुक्तापुजी र समग्र इक्विटीमा प्रतिफल, मूल्य–आम्दानी अनुपातजस्ता सूचकलाई ईपीएसले व्यक्त गर्ने वा गणनाको आधार दिल्छ। कम्पनीको आधारभूत सूचक वा मेरुदण्ड मानिने ईपीएसको शुद्धता र यथार्थपरकताले सम्पूर्ण विश्लेषण र लगानी निर्णय प्रभावित गर्छ। हाल लगानी निर्णयमा सामान्यतः सम्बन्धित अवधिको वार्षिक वा त्रैमासिक ईपीएसलाई आधार बनाइन्छ।
पीई : :
जति कम पीई त्यति राम्रो प्रतिफल। यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार पीई १० भन्दा कम भएको संस्थाको सेयर किनिहाल्न सुझाव दिइन्छ।यो अनुपात कम (१० भन्दा कम) भएका शेयर शंकास्पद हुन्छन । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ ।
१० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । २० भन्दा बढी पीई रेसियो भएमा ओभर भ्याल्युड मानिन्छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो)सूचक सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ ।
कम्पनीको सेयरको मूल्य घट्दा पीई पनि घट्छ।
सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गर्दा पीई रेसियो आउँछ। सेयर कारोबार मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गरेर आउने अनुपात ‘पीई रेसियो’ हो। कम पीई रेसियोले लगानीको तुलनामा आम्दानी बढी छ भन्ने बुझाउँछ। पीईले अहिलेको रिटर्नमात्र होइन, भोलि कति हुन्छ पनि संकेत गर्छ।
पिबी रेसियो :
पीबी (पीबीभी) रेसियो भनेको के हो ? कति भएको कम्पनी किन्ने ? पिबी रेसियो ५ सम्म भएको शेयरलाई सुरक्षित मानिन्छ ।
………………………….
🔹कुनैपनी कम्पनीको बजार मुल्यलाइ उक्त कम्पनीको बुकभ्यालुले भाग गर्दा आउने अंक नै
पीबी रेसियो हो।
🔸बजारमा मुल्यको दैनिक उतारचढ़ावसँगै पीबी रेसियोमा पनी दैनिक जसो परिवर्तन आउने गर्दछ।
🔹भ्यालु इन्भेस्टीङ को हिसाबले लगानी गर्दा कुनैपनी कम्पनीको पीबी रेसियो १.५ भन्दा कम आउन थालेपछी त्यो कम्पनीको सेयर किन्न सुरु गरिन्छ।
🔸कुनैपनी कम्पनीको पीबी रेसियो २ भन्दा कम भएको राम्रो मानिन्छ भने १.५ भन्दा कम भएको अत्यन्त अन्डर भ्याल्यु मानिन्छ।
🔹कम्पनीको पीबी रेसियो १.५ हुनुको अर्थ उक्त कम्पनीको सेयर बुकभ्यालुको डेढ गुणा मुल्यमा कारोबार भैरहेको छ भन्ने बुछिन्छ। कुनै कम्पनीको पीबी ५ छ भने त्यो कम्पनीको सेयर बजारमा बुकभ्यालुको ५ गुणा मुल्यमा किनबेच भैरहेको बुझ्नु पर्दछ।
🔸नेपालको बजारमा बैंकिंग सेक्टर बाहेक अरु सेक्टरमा पीबी रेसियो अत्यन्त बढी हुने गरेकोले कम्पनी छान्दा त्यहिं सेक्टरको तुलनात्मक हिसाबले कम पीबी भएको कम्पनीमा लगानी गर्नु राम्रो मानिन्छ।
बुक भ्यालु
कुनै कारणवश कम्पनि तलमाथि भयो वा बन्द हुने अवस्थामा पुग्यो भने शेयरधनिले बुक भ्याल्युमा उल्लेख भए अनुसारको रकम पाउँछन् ।
OOOO
औसत खराब कर्जा (एनपीएल)
निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गरिन्छ । यसलाई नन पर्फमिङ लोन (एनपीएल) पनि भनिन्छ । पछिल्लो समय क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा ऋण नउठ्ने समस्या विकराल बन्दै गइरहेको छ ।
OOOO
आरओई
जति बढी भयो त्यति राम्रो मानिन्छ । १० भन्दा कम आरओई छ भने खरिद नगर्नु नै राम्रो हुन्छ । २० भन्दा बढी भएको राम्रो हुन्छ ।
प्रतिसेयर नेटवर्थ
प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा वृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ वृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ ।
पीईजी रेसियो
जति कम भयो त्यति राम्रो मानिन्छ ।

