अनिल ढकाल चितवन
क्यान्सरको उपचार गर्न आएकाहरु बेखर्ची भएर भौतारिन्छन् । विरामीको अवस्थाले परिवारमा पिडा थपिदिन्छ । कतिपय पहिलोपल्ट परिवारमा लागेको रोगका कारण पाएको सास्तिले मानसिक रुपै विक्षिप्त हुन्छन् । विरामीका परिवारले क्यान्सरको उपचारको क्रममा आर्थिक , मानसिक पिडा बेहोर्दै आएका छन् । गुल्मिकी टुनाकुमारी हमाल श्रीमानको उपचारमा धाउँदा धाँउदै निराश भएकी छिन३ । अस्पतालका विभागहरु पुग्दा उनी अत्तालिएकी छन३ । श्रीमान ६१ वर्षिय श्याम बहादुर हमालको उपचारमा मानसिक तनाव त छदैछ , खर्चले पनि उनलाई पिडा दिएको छ । गाँउघरमा सापटी र ऋण खोजेर ल्याएको डेढ लाख रुपैयाँले नपुगेपछि भैसी बेचेर उपचार गर्न आइन । ‘ विरामी निको भएका छैनन , पैसा सबै सकियो , ’ टुनाकुमारीले रुदैँ भनिन , ‘ कसरी उपचार होला भनेर दिनरातै रोको छु । थोरै जग्गा कमाएर खाने हामीलाई उपचार संभव रैनछ । ’
भैसी बेचेर उपचार खर्च बोकेर आएकी थिइन३ । भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यो पिडा सहेर उपचारमा धाउनेको ताँती नै छ । आफ्नो बुवाको उपचारमा खटिएका छन् । भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका हरेक विभागका ढोका अगाडी पिडा लुकाएर उपचार गर्न आउनेहरु थुप्रै भेटिन्छन् । उपचारको पालो पर्खदै ह्विल चियरमा बसेका सिथिल विरामी थुप्रै भेटिन्छन् । उपचारका लागी हुने सास्ति , अर्को दुखाई । जिन्दगीसंग हार खाएर निराश हुन्छन् । अस्पतालमा देखिने दृष्य कारुणीक हुन्छ । ‘ पैसा सकियो , अब कतिखर्च लाग्छ थाहा छैन , ’ वुवाको उपचारका लागि क्यान्सर अस्पतालमा भेटिएका बाँके उडरापुरका नसुरुद्धिन बेहनाले भने , ‘ क्यान्सरको पाएको दुख त सम्झिन पनि मन लाग्दैन । यस्तो रोग कसैलाई नलागोस् । ’
रोगको पहिचान र निदानका लागी लामो प्रकृया हुने कारण क्यान्सरका विरामीले दुख पाउने गरेका छन् । प्रकृया पनि लामो हुन्छ । सुरुवाती परिक्षणदेखी अन्तिममा विरामीको कारण परिवारमा पनि मानसिक तनाव हुन्छ । कार चढेर आएकाहरुसंग रिक्सा चढ्ने भाडा पनि नहुने अवस्था आउँछ ।
सुरुवाती अवस्थामै क्यान्सर लागेको थाहा पाए उपचारले निको हुने क्यान्सर रोग विशेषज्ञले बताउँछन् । तर नेपालमा तेस्रो र चौथो स्टेजका विरामी मात्रै अस्पतालको पहुँचमा हुन्छन् । मुटु बाहेक सबै अंगमा क्यान्सर रोग लाग्छ ।
रोग पत्ता लागेको दुई साताभित्र उपचार सुरु भइसक्नुपर्ने अन्र्तराष्ट्रिय मान्यता छ । तर नेपालमा पालो पर्खनुपर्ने बाध्यता छ । सर्जरीका लागी पालो पर्खन पर्छ । पालो पाउने भनेको छिटोमा दुई हप्ता हो । महिनौ पर्खिएका विरामी पनि हुन्छन् । खर्चको अभावमा उपचार नियमित नहुँदा निको हुने अवस्थाको रोग पनि बल्झिछ । ‘खर्च नभएर आउने धेरै विरामी आँउछन् । उपचार गरेर निको हुने अवस्थाका विरामी खर्चको अभावले रोकिएर बल्झिएका घटना धेरै छन् । ’ भरतपुर।को क्यान्सर अस्पतालका विशेषज्ञ डा. गंगा सापकोटाले भने , ‘ त्यस्ता विरामीलाई मात्रै सहयोग हुने हो भने धेरैलाई बचाउन सकिन्छ ।
चिकित्सकको सल्लाह अनुसार फलोअपमा आउन पर्छ । उपचार सकेको ६ देखी रोग र अवस्था हेरेर तीन वर्षसम्म फलोअपमा आउनपर्छ ।
फोटो
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा श्रीमानको उपचारमा खर्च अभावको पिडा सम्झेर रुदै गुल्मिकी गर्न पुगेकी टुनाकुमारी हमाल, साथमा श्रीमान श्यामबहादुर । तस्विर अनिल ढकाल
१ फोक्सो
पाठेघरको मुखको क्यान्सर
स्तनको क्यान्सर
डिम्बासयको क्यान्सर
आन्द्राको क्यान्सर
टाउको र घाँटीको क्यान्सर
मुत्रप्रणालीमा लाग्ने क्यान्सर
पेटको क्यान्सर
रक्तकोषका क्यान्सर
खर्चले रुवाउँछ क्यान्सरका विरामीलाई
खर्चले रुवाउँछ क्यान्सरका विरामीलाई
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

