पश्चिम नेपाल (चितवनदेखि पश्चिम)को एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल क्यान्सर पीडितको भरोशा बन्दै गएको छ । क्यान्सरको उपचारका लागि बिरामीलाई अब भारतको विभिन्न सहर, भरतपुर क्यान्सर अस्पताल चितवन, काठमाडौं उपत्यकाका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । पश्चिम नेपाल ( लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित ४० जिल्लाका) बिरामीले आफ्नै गाउँठाउँमै सुलभ र गुणस्तरीय क्यान्सर उपचार पाएका छन् ।
अस्पतालका निर्देशक डा.नीरज भट्टराई नेपाल सरकारसँग १०० शैैयाको अस्पताल सञ्चालन गर्न ४१० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी र कर्मचारीको स्थायी दरबन्दी माग गरिएको बताउँछन् । उनी भन्छन्, ‘५० शैयामा एक सय जना कार्यरत हुनुहुन्थ्यो । हामीले यो वर्ष २८ जना करारका दरबन्दी थपेर १२८ जनाबाट ७४ शैयाको अस्पताल सञ्चालन गरिरहेका छौं ।’ अस्पतालमा चिकित्सकको संख्या मात्र २८ रहेको छ ।
अस्पताल विकास समितिले गरेको स्थायी बाहेक सेवा सुरु भएको ६ वर्ष बितिसक्दा पनि अस्पतालको स्थायी दरबन्दी तय भएको छैन । अस्पताललाई काजमा खटाइएका चिकित्सक र करारमा सेवा दिइरहेका चिकित्सकले धानिरहेका छन् ।
अस्पतालमा हरेक वर्ष बिरामीको संख्या बढ्दो छ । आर्थिक वर्ष २०७६÷०७७ मा चार हजार ६ सय ९२ जना, २०७७÷०७८ मा बढेर ११ हजार र २०७८÷०७९ मा २९ हजार नौ सय १३ जना र २०७९÷०८० मा पनि २९ हजार दुई सय ५५ जना बिरामीले अस्पतालबाट सेवा लिएकाको डा. भट्टराईले प्रष्ट पारे । अस्पतालमा आउने सबै क्यान्सर रोगी होइनन् । ‘चालु आर्थिक वर्षदेखि हामीले क्यान्सर बाहेकका बिरामीको उपचारलाई निरुत्साही गरेका छौ । अन्य जनरल बिरामीहरुलाई भेरी अस्पतालमा पठाउने गरेका छौं । अस्पताललाई क्यान्सरको विशिष्टिकृत अस्पताल बनाइएको छ’, उनले प्रष्ट पारे, ‘क्यान्सर शंका लागेका ब्यक्तिको भने उपचार र अप्रेशन हुन्छ ।’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक, कान, घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचार गरिरहेको छ । अस्पतालमा आउने क्यान्सर रोगीमध्ये धेरै जसो स्तन, पाठेघर र फोक्सोको क्यान्सरका बिरामी रहेको उनले प्रष्ट पारे । अस्पतालले ब्लड क्यान्सर र बच्चाको क्यान्सरको पनि अप्रेशन भने गरिरहेको जनाएको छ । आर्थिक वर्ष २०७८–७९ मा सात सय २० जनाको अपरेशन भएकोमा आर्थिक वर्ष २०७९–८० मा सात सय ३१ जनाको अपरेशन अस्पतालमा भएको थियो । अस्पतालमा खजुरा गाउँपालिका तथा रेडक्रस बाँकेको समन्वयमा ब्लड बैंक सञ्चालनमा छ । भारतीय दूतावासले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा स्टाफ बस पनि प्रदान गरेको छ । अस्पतालमा चौबिसै घण्टा ल्याब तथा एक्सरे सेवा सुरु भएको छ । जनस्तरबाट सुरु भइ नेपाल सरकारले स्वामित्व लिएको यो क्यान्सर अस्पताल संघीय अस्पताल हो । अझै पनि भौतिक पूर्वाधारको अभाव नै छ ।
०००
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको इतिहास
२०६२ मंसिर २७ प्रखर परोपकार मिशन नेपालको स्थापना
२०६४ वैशाख १७ महामण्डलेश्वर प्रखरजी महाराजबाट अस्पताल भवनको शिलान्यास
२०६५ माघ ११–१७ धनधान्याञ्चल महायज्ञ सञ्चालन
२०७३ फाल्गुन १५ आदेश मार्फत नेपाल क्यान्सर अस्पतालबाट नाम परिवर्तन भइ सुशील कोइराला प्रखर क्यान्सर अस्पताल भनी नामाकरण (सरकारीकरण गरिएको । हाल नेपाल सरकारको संघीय अस्पताल भएको)
२०७४ अषाढ ११ स्वास्थ्य मन्त्री उपेन्द्र यादवबाट अस्पतालको ओपीडी सेवा उद्घाटन
२०७७ मंसिर ५ अस्पतालको आफ्नै अपरेसन थिएटरमा अपरेसन सेवाको सुरुवात
२०७८ फाल्गुन २२ अस्पतालमा क्यान्सर रोग उपचारको लागि प्रयोग गरिने ब्राकिथेरापी मेसिनको उद्घाटन तथा ब्राकिथेरापी सेवा शुभारम
Cancer patients at Sushil Koirala Prakhar Cancer Hospital
1. school mouth
2. breast
3. foxo
4. gall bladder
5. mouth
6. stomach
7. andra
8. Hair
9. blood
10. bladder
Source: Dr. Sajan Thapa Oncologist Sushil Koirala Prakhar Cancer Hospital Khajura Banke

