काठमाडौं । प्रेमीसँग सामान्य विषयमा मनमुटाव भएर भएको झगडाका क्रममा एक जना युवतीको ज्यान गएको छ ।
काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने रिजालले बताए ।

