काठमाडौं (कास)– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका सदस्य सागर राई बुधबार ललितपुरको बालकुमारीबाट पक्राउ परेका छन् । पथरी–शनिश्चरे–१० का पूर्ववडाध्यक्ष राई कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधि हुन् ।
भुटानी शरणार्थी बनाउने धन्दाका ‘नाइके’ केशव दुलालसँगै सानु भण्डारी र टेक गुरुङ आइतबार पक्राउ परेपछि आएको थप जाहेरीका आधारमा राई पनि समातिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दुलालले पनि बयानमा राईको नाम मुछेको प्रहरी स्रोतले जनाएको छ ।
वडाध्यक्ष भएकै बेला राईले अमेरिका उडाउने सपना देखाएर मोटो रकम उठाउन थालेको पीडितहरूको भनाइ छ । गिरोहका नाइके दुलालका तर्फबाट पूर्वाञ्चल क्षेत्रको आर्थिक कारोबारको जिम्मा राईले लिएको उनीहरूको भनाइ छ ।
मउपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार उक्त गिरोहको सञ्जालबाट ठगिएका कास्की, चितवन, काठमाडौंका एक सयभन्दा बढी पीडितले बुधबार सम्पर्क गरेका छन् ।२०७९ चैत १६ गते प्रकाशित
शरणार्थी परिचयपत्र बाँड्ने गिरोहका राई पक्राउ
शरणार्थी परिचयपत्र बाँड्ने गिरोहका राई पक्राउ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

