काठमाडौं । रोल्पा जिल्ला कारागारमा जेठ ४ गते झुण्डिएको अवस्थामा सुन्दर हरिजन भेटिए । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का हरिजनलाई जिल्ला अदालत बाँकेले ३ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो ।
घटनामा मृत भेटिएका हरिजनको अभिलेख रोल्पा कारागारका अनुसार सुर्खेत जिल्ला बराहताल गाउँपालिका वडा नं १ घोडाआँखेका २७ वर्षिय विजय विक्रम शाह भएको र शाहको सट्टामा उनले कैद भुक्तान गरेको तथ्य इन्सेक लगायतका मानव अधिकार संस्थाले गरेको घटना अध्ययनले सार्वजनिक गर्यो । नेपालको कारागार प्रशासनको गैरजिम्मेवार, कुशासन र मानव अधिकार विरुद्धको जघन्य अपराध त त्यतिबेला सार्वजनिक भयो जब ५ वर्ष कैद र ५० हजार रुपैंया जरिवाना तोकिएका विजय विक्रम शाह केहि महिना अघि नै कारागार छुटेको र पत्नीलाई लिएर गएको परिवारजनबाटै सार्वजनिक भयो ।
OOO OOO
सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा १३ भूतचोकका ५८ वर्षिय धनिराम लामिछानेको डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा २०७९ भदौ २ गते मृत्यु भयो । लामिछानेलाई २०७९ भदौ २ गते सालको रुख काटेको आरोपमा वन कार्यालय सुर्खेतका कर्मचारीले गिरफ्तार गरेका थिए । मृतकका आफन्तले कार्यालयका कर्मचारीको कुटपीटबाट मृत्यु भएको आरोप लगाउँदै सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पीयूषराज तिवारी र सुरेन्द्र राना विरुद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । प्रहरीले २०७९ भदौ ४ गते घटनाका आरोपिहरुलाई गिरफ्तार गर्यो । आरोपिहरु भदौ २६ गते रिहा भए । घटनाका विषयमा छानविन गर्न भदौ ३ गते कर्णाली प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भयो । प्रतिवेदन सार्वजनिक भएन ।
OOO OOO
बाह्रबीसे नगरपालिका–७ घुम्थाङ घर भई बाह्रबीसे इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ३२ वर्षीय खड्गबहादुर तामाङको ०७८ साउन २२ गते मत्ृयु भयो। उनलाई चोरीको आरोपमा साउन १८ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो। हिरासतमा रहँदा खाना नखाने, असामान्य गतिविधि गर्ने र स्वास्थ्य अवस्था कमजोर भएपछि तामाङलाई प्रहरीले बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि लगेको थियो। प्रहरीले साउन २१ गते दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रबीसेमा उपचारका लागि ल्याउँदा ‘लुगा फुकालेर जिउ नहेरेको, तर हातको औँलाहरूमा नीलडाम र घाउहरू भएको’ प्राथमिक स्वास्थ्य केन्द्रकी डाक्टर अनुपमा थापाले बताइन्।
OOO
रौतहटको देवाही गोनाही नगरपालिका–७ बस्ने २५ वर्षीय लडाइ साहको शव जिल्ला कारागारमा रहेको ट्वाइलेटमा २०७८ मङ्सिर १ गते झुण्डिएको अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको घटना सार्वजनिक भयो।
OOO
मुलुकभर ७२ जिल्लामा ७४ वटा कारागार सञ्चालनमा छन् । इन्सेकको अभिलेख अनुसार पछिल्लो पाँच वर्षमा हिरासतमा हुने मृत्युका घटनामा शङ्कास्पद प्रवृत्तिहरू देखिएका छन्। सशस्त्र द्वन्दको समयपश्चात घट्दो क्रममा रहेको हिरासतमा हुने मानव अधिकार उल्लङ्घन तथा अनुत्तरदायी अभ्यासहरू क्रमशः प्रकट हुँदै जानु गम्भीर विषय हो। इन्सेकको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा हिरासतमा मृत्यु हुनेहरूको सङ्ख्या १९ रहेको छ। जातीय विभेद, संरचनागत नियन्त्रण र विपन्नताका कारण राज्यले हिरासतम थुनुवामाथि गर्ने व्यवहार कानुनको प्रबन्ध भन्दा अतिरिक्त भएको आशङ्का उत्पन्न हुने घटनाहरूमा हालसम्म पारदर्शी छानविन र अभियोजन हुन नसक्नुले राज्यका निकायको कमजोर जबाफदेहिता समेत देखिएको छ।
मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार, यसवर्ष पाँच जना थुनुवाको हिरासतमा मृत्यु भएको इन्सेकले अभिलेख ग¥यो। अभिलेखित घटनामध्ये २० प्रतिशत दलित वर्गका व्यक्ति रहेको पाइयो। तथ्याङ्कले सङ्केत गरेको यस्तो प्रवृत्तिले हिरासतमा हुने मृत्युका घटनामा समाजको शक्तिशाली समूहको स्वार्थका लागि नियन्त्रणमा लिएका व्यक्तिहरूलाई अपराध कबुल गराउन प्रहरीले चरम शारीरिक– मानसिक यातना दिने गरेको भनेर सार्वजनिक सञ्चारका माध्यमले प्रस्तुत गरेको दावीलाई थप बल पुगेको छ। हिरासतभित्र मृत्यु भएको घटनामा निष्पक्ष छानबिन नहुनु, घटनामा दोषी पत्ता लगाउने र कारबाहीको प्रक्रिया सुनिश्चित नहुनु मानव अधिकार संरक्षणको गम्भीर चुनौती हो।
डाक्टर अनुपमा थापाका अनुसार बिरामी सिकिस्त भएकाले थप उपचारका लागि धुलिखेल, अस्पताल लैजान रिफर गरिएको थियो। तर, प्रहरीले तामाङ सिकिस्त बिरामी भएपछि मात्र उपचारका लागि साउन २२ गते राति २ बजे आफन्तलाई समेत बोलाएर धुलिखेल अस्पताल लगेको थियो। धुलिखेल अस्पताल पु¥याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए। राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले घटनाको स्थलगत अध्ययन गरे। इन्सेकको अध्ययन प्रतिवेदनले राज्यको सुरक्षामा रहेका व्यक्तिको मृत्यु हुनु प्रहरीको लापारबाही भएको औँल्यायो। मृतकले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने गरेको र हिरासतमा रहँदा मादक पदार्थ सेवन गर्न नपाएर मृत्यु भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्रबहादुर शाहले बताए।
प्रहरी हिरासतमा मात्र होइन कारागारमा समेत कैदीबन्दीको जीवनमाथि असुरक्षा बढ्दै गएको देखिन्छ। यस वर्ष जेलभित्र ७४ कैदीबन्दीको मृत्यु भयो। जेल भित्र कैदीबन्दीमाथि यौन दुव्र्यवहारका घटना हुनु र त्यस्ता घटनामा राज्यका तर्फबाट आवश्यक छानविन नगरी गैरजिम्मेवारी प्रस्तुत गर्नुले मानव अधिकार संरक्षणमा गम्भीर चिन्ता पैदा गरेको छ। कारागारका चौकीदारको निर्देशनमा कारागारका नाइके र भाइ नाइकेहरूले कुटपिट गर्ने तथा यातना दिने एवम् अत्याचार गर्ने गरेको भन्दै कैदीबन्दी आन्दोलित भएपछि उत्पन्न झडपको निराकरण गर्ने गरी न्याय सुनिश्चित भएको छैन। यस्ता घटनाहरूले कारागारभित्र बढ्दै गएका मानव अधिकार उल्लङ्घनका प्रवृत्ति उद्घाटित गरको छ।
रौतहटको देवाही गोनाही नगरपालिका–७ बस्ने २५ वर्षीय लडाइ साहको शव जिल्ला कारागारमा रहेको ट्वाइलेटमा २०७८ मङ्सिर १ गते झुण्डिएको अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको घटना सार्वजनिक भयो। यस घटनाका सम्बन्धमा मानव अधिकार आयोग र इन्सेकले स्थलगत अनुगमन गरेका थिए। घटना शंकास्पद भएको र त्यससम्बन्धमा थप अनुसन्धान गर्न प्रहरीलाई मानव अधिकारकर्मीले आग्रह गरेका थिए। प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक नेपालको संविधानले सुनिश्चित गरेको छ। संविधानको पालना गर्ने राज्यका संयन्त्रले त्यसविरुद्धको कुनै पनि बहानामा गर्ने क्रियाकलाप दण्डनीय हुन्छन्। कुनै पनि व्यक्तिलाई गिरफ्तार भएको कारणसहितको सूचना नदिई राख्नु र स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट हुने स्वच्छ सुनुवाइको हकमाथि नियन्त्रण गर्दै स्वार्थ समूहको इशारामा प्रयोग भएर कानुन हातमा लिने क्रियाकलाप गर्नु मानव अधिकारको गम्भीर उल्लङ्घन हो। नेपालको संविधानले गिरफ्तार गरिएको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्नुलाई गैरकानुनी भनेको सन्दर्भलाई समेत सम्बद्ध निकायले लापरवाही गरेको देखिन्छ। प्रहरीले अपराधको स्वीकारोक्तिका लागि कुनै कारणले बाध्य पार्न यातना दिएर वयान लिने वा सामाजिक संरचनाले विभेद गरेका अल्पसङ्ख्यक, सीमान्तकृत र दलित समुदायका आरोपितहरुले हिरासतमा भोगेको यातनाको सृङ्खला अन्त्य हुनु जरुरी छ। संयुक्त राष्ट्रसङ्घका चार जना विशेष प्रतिनिधिले अक्टोबर २०१९ देखि अगष्ट २०२० सम्म नेपालका हिरासतमा मृत्युका घटनामा भएको अनुसन्धान र पीडितको न्यायका सरोकारमा नेपाल सरकारलाई पत्र लेखेको विषयले पछिल्लो समयमा भएका यस प्रकृतिका घटनामा भएको मानव अधिकार उल्लङ्घनप्रति राज्यले तत्काल अनुसन्धान गरी पीडितको न्याय सुनिश्चित गर्नु पर्ने देखिन्छ .
कारागारमा कैदीवन्दीको जीवनमाथि असुरक्षा बढ्दै गएको देखिन्छ । मानव अधिकार वर्ष पुस्तक २०२३ अनुसार, यस वर्ष कारागारभित्र भएका ५४ घटनामा ६ जना कैदीबन्दी घाइते भए । ५३ जनाको मृत्यु भएको अभिलेख इन्सेकले गर्यो । यस वर्ष हिरासतमा दुई यातनाका घटनामा ५ जना पीडित भएको तथा चार जनाको मृत्यु भएको इन्सेकले जनाएको छ । अभिलेखित घटना अनुसार, अघिल्लो वर्ष ५ जनाको मृत्यु तथा यातनाका घटनामा ३ जना पीडित भएको अभिलेख थियो ।

